Websoft University

कांग्रेस सरकार परिवर्तनको पक्षमा छैन ः सुजाता कोइराला

काठमाडौं, असार २१ गते । नेपाली कांग्रेसकी नेतृ तथा केन्द्रीय सदस्य सुजाता कोइरालाले आफ्नो पार्टी सरकार परिवर्तनको पक्षमा नरहेको बताउनु भएको छ ।
काठमाडौं क्षेत्र नं. ५ ले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले सरकार परिवर्तनले मुलुकलाई अस्थिरतामा लैजाने दाबी गर्नुभयो । उहाँले कांगेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनमा ल्याउनु अहिलेको चुनौती भएको भन्दै सबै राजनीतिक दलको साझा प्रयासबाट मात्र संविधान कार्यान्वयनमा सहयोग पुग्ने बताउनुभयो ।
नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा बसेर जनताको सेवा गर्नुपर्ने र सरकार परिवर्तन गर्ने समय नभएको उहाँको भनाई थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.