Websoft University

पहिरोमा पुरिएर गोरखामा छ जना बेपत्ता

काठमाडौं, असार २१ गते । उत्तरी गोरखाको करौंजा गाविस–३ छलिम्पुमा आज बिहान पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् ।
गाउँमा गोरेटो बाटो खन्ने क्रममा माटोको ढिस्को खसेर केरौंजा–३ का सन्देश घले, चिनमाया गुरुङ, सुकराम घले र नाम खुल्न नसकेका अरु दुई जना पहिरोमा पुरिएका हुन् । सदरमुकामबाट २० कोस टाढा रहेको घटनास्थल पुग्न सडक सुविधा छैन ।
‘काठमाडौंबाट हेलिकप्टर मगाएका छौं, अनि मात्रै त्यहाँको अवस्था थाहा हुन्छ,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भन्नुभयो । पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा स्थानीयवासी र प्रहरी जुटेका छन् ।
घटनास्थल वरपर लगातार पहिरो गइरहेकाले उद्दारमा कठिनाईभइरहेको बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.