Websoft University

कार्कीविरुद्ध छ र यादवविरुद्ध दुई उजुरी

संसदीय विशेष सुनुवाई समितिद्वारा सुनुवाई प्रक्रिया सुरु
संसदीय विशेष सुनुवाई समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र निर्वाचन आयोगका प्रमुख पदका लागि सिफारिसमा परेका उम्मेदवारहरुको सुनुवाई प्रक्रिया अघि बढाएको छ।
 
सोमबार बिहान बसको समितिको बैठकमा पहिलो चरणमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्को सिफारिसमा प्रस्तावित उम्मेदवार सुशीला कार्की र निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कामु आयुक्त अयोधीप्रसाद यादवको सुनुवाई प्रक्रिया थाल्ने निर्णय गरेको हो।
 
उक्त बैठकमा कार्की र यादवका विरुद्ध समितिमा दर्ता भएका उजुरीहरु अध्ययन गरी बिहिबारदेखि सुनुवाई प्रक्रिया अघि बढाउने निर्णय भएको समिति सदस्य प्रकाशशरण महतले बताए।
 
कार्कीको विरुद्धमा ६ वटा र यादवको विरुद्धमा २ वटा उजुरी दर्ता भए पनि त्यसको आन्तरिक अध्ययन गरी त्यससम्बन्धी थप छलफल गरी उजुरीकर्तासँग थप जानकारी लिने कार्य सकिए पछि प्रस्तावित उम्मेदवारलाई समय तालिका मिलाएर सुनुवाईका लािग समितिमा डाक्ने तयारी भइरहेको छ।
 
कुन उम्मेदवारलाई कुन मितिमा सुनुवाईका लागि डाक्ने भन्ने विषयमा समितिको अर्को बैठकमा तय हुन सक्ने अर्का सदस्य आनन्दप्रसाद ढुंगानाले बताए।
 
संसदीय नियमावलीको अभावमा सुनुवाई समिति सदस्य संख्या र त्यसको अस्थित्वबारे दलहरुबीच विवाद हुदाँ मुलुकका विभिन्न संवैधानिक निकायका साथै विदेशस्थित कुटनीतिक नियोगमा नेपाली राजदूतका लागि सिफारिसमा परेको व्यक्तिको सुनुवाई हुन सकिरहेको थिएन।
 
असारको पहिलो साता संसदले नियमावली पारित गरेपछि गठित सुनुवाई समितिले यी दुई पदबाहेक ११ जना सर्वोच्च अदालतका न्यायाधीश तथा २१ देशका लागि सिफारिसमा परेको राजदूतको सुनवाई प्रक्रियाले गति लिएको थियो।
 

पहिलो चरणमा प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्तको सुनुवाई सकेपछि त्यसपछि क्रमशः अन्य न्यायाधीश तथा राजदूतको सुनुवाई प्रक्रिया अघि बढ्ने समितिका सदस्यले बताए।
-सेतोपाटीबाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.