Websoft University

अपहरण गरी फिरौती माग्ने दुई पक्राउ

मोरङ, असार २०  गते । मोरङको विराटनगर बसपार्कबाट एक व्यक्ति अपहरण गरी फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। 
धनकुटा जिल्ला छिन्ताङ- ८ स्थायी घर भई सुनसरी धरान- ९ बगैचा लाईनस्थित पुष्प कार्कीको घरमा डेरा गरी बस्ने १९ वर्षिय एम कुमार लम्जेललाई अपहरण गरी ३ दिनसम्म बन्धक बनाउने दुई जनालाई जिल्ला प्रहरी कार्यलाय मोरङले अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी म्याद थप गरेको हो। 
लम्जेललाई असार १४ गते अपरान्ह ४;३० बजेतिर मोरङ बुधनगर- ६ बस्ने आनन्द यादव र सोही ठाउँका सनपत यादवसहित ८\१० जनाको समुहले विराटनगर १५ स्थित बसपार्क नजिकैबाट नियन्त्रणमा लिई जवरजस्ती सिटी रिक्सामा राखी बुधनगर ६ स्थित आनन्द यादवको घरमा बन्धक बनाई फिरौती वापत पाँच लाख रुपैया मागेका थिए।
अपहरणकारीहरुले लम्जेललाई ३ दिनसम्म उक्त घरमा थुनी असार १७ गते बिहान ११ बजे भारतीय नम्बर बिआर ३८ सि ७२६९ नम्बरको मोटरसाइकलको विचमा राखी बुधनगर ६ स्थित फोक्सातर्फ लैजादै गर्दा प्रहरीको टोलीले फेला पारेका थिए। 
अपहरणमा संलग्न दुबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान गरि रहेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.