Websoft University

सप्तरीमा सवारी दुर्घटना, घाइतेको न्युरोमा उपचार हुँदै

सप्तरी, असार २० गते। पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको पोर्ताहामा आज विहान सवारी दुर्घटनाबाट दुई जना घाइते भएका छन। 
पूर्वबाट पश्चितर्फ आउदै गरेको ना १ ख ३५१५ नम्बरको ट्रकले पोर्ताहामा ठक्कर दिएर सोही गाविस ६ की २५ वर्षिया ईन्दुदेवी विश्वास घाइते भएकी छिन भने इलाका प्रहरी कार्यालय भारदहको पिकअपसंग ठोक्किएर को ९ प २७८५ नम्बरको मोटरसाइकलका चालक सुनसरी बबिया-७ का श्रवण कुमार महतो घाइते भएका हुन्। 
घाइते महिलालाई उपचारकालागी न्युरो अस्पताल विराटगर ल्याइएको छ भने मोटरसाइकल चालक युवकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ट्रकले पैदलयात्री महिलालाई ठक्कर दिएको भन्ने सुचना पाएर घटना स्थल पुगेको प्रहरी सवार बा १ झ ७४१३ नं. भ्यानसंग पश्चिमबाट आउदै गरेको मोटरसाइकल ठक्कर खाएको थियो। मोटरसाइकलको ठक्करबाट पिकअप पछाडी सामान्य क्षति भएको छ। ट्रक, चालक र मोटरसाइकल प्रहरी कार्यालयमा राखिएको छ / 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.