Websoft University

न्यूयोर्कको सेन्ट्रल पार्कमा विस्फोट

एजेन्सी, असार २०- अमेरिकाको न्यूयोर्क स्थित सेन्ट्रल पार्कमा विस्फोट भएको छ ।

विस्फोटमा परि एक जना गम्भिर घाइते भएको समाचार स्थानिय प्रहरीलाई उद्धित गर्दै सिएनएनले जनाएको छ । विस्फोटमा परि घाइतेको खुट्टा छियाछिया भएको छ ।

विस्फोटक पदार्थ पटाका वा घरेलु विस्फोटक पदार्थ हुन सक्ने अनुसन्धानले देखाएको कुरा पत्रकार सम्मेलनमा स्थानिय प्रहरीले जनाएको छ । 

विस्फोट लगत्तै स्थानियहरु त्रसित भए पनि प्रहरीले न्यूओर्क वा जुलाई फोर्थ उत्सवमा त्यस्तो कुनै आक्रमणको सुइको नापएको भन्दै सबैलाई ढुक्क हुन आग्रह गरेको छ ।

जुलाई महिनाको चार तारिखको पूर्व सन्ध्यामा घर निर्मित पटका पटकाउने परम्परा अमेरिकामा अनौठो होइन ।

विस्फोटमा परि घाइते भएका १८ वर्षिय युवा उत्तरी भरजिनियाबाट घुम्न आएका थिए । उ सँगै अन्य दुई जना साथीहरु पनि थिए । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.