एजेन्सी । अमेरिकाको डलासमा भएको एक प्रदर्शनमा गोली लागेर चार प्रहरी अधिृकतको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।डालस प्रहरी प्रमुख डेभिड ब्राउनले गत हप्ता अश्वेत नागरिकमाथि प्रहरीले गोली चलाएको विरोधमा भएका प्रदर्शनका क्रममा कसैले माथिबाट प्रहरीमाथि चलाएको गोली लागि तीन प्रहरी अधिकारीको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको बताए ।
प्रहरीले गोली प्रहार गरेको आशंकामा एक जनालाई पक्राउ गरेको र उनीसँग विस्फोटक पदार्थ भए नभएको अनुसन्धान गरिरहेको छ।
Post a Comment