Websoft University

आगलागीबाट ६ वटा फुसको घर जलेर नष्ट

सप्तरी, असार २६ गते। सप्तरीको कन्चनरुप-११ मा शनिबार आगलागीबाट ६ वटा फुसको घर जलेर नष्ट भएको छ भने अन्दाजी ३ लाख २० हजार बराबरको क्षती भएको छ।
 स्थानिय मंगल चौधरीको गोठमा बालेको घुरबाट राती ९;३० बजे नजिकै रहेका राजेन्द्र चौधरीको ६ वटा फुसको घर जलेर नष्ट भएका छन् भने अन्दाजी ३ लाख २० हजार बरावरको क्षती भएको छ। 
आगलागी इलाका प्रहरी कार्यालय कन्चनरुपबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसको सहयोगमा ११ बजे नियन्त्रण लिएको हो। 
त्यसैगरी मोरङको शनिस्चरे-१२ मा शनिबार साँझ बिद्धुत सर्ट भइ आगलागी हुँदा स्थानिय बहादुर कर्कीको दुई तले गोठ जलेर नष्ट भएको छ भने अन्दाजी २ लाख बराबरको क्षती भएको छ। 
आगलागी प्रहरी प्रहरी चौकी कुसेचौरीबाट खटिएको टोली र स्थानिय मानिसको सहयोगमा नियन्त्रणमा लिएको हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.