Websoft University

बेग्ला बेग्लै सवारी दुर्घटनामा चार घाइते

विराटनगर, असार २६ गते। पूर्व क्षेत्र अन्तरगत विभिन्न जिल्लाहरुमा शनिबार बेग्ला बेग्लै सवारी दुर्घटनामा चार जना घाइते भएका छन्।
मोरङको दादरबेरीया-४ मा मोटरसाइकलको ठक्करबाट तीन बर्षिय बालक घाइते भएका छन्। को २३ प २२०७ नम्बरको मोटरसाइकलले पोखरीया-६ बस्ने बुद्धीनाथ मण्डलको ३ बर्षिय छोरा शुभम कुमार मण्डललाई ठक्कर दिदा घाइते भएका हुन्। 
ठक्करबाट घाइते बालकको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल सहित चालकलाई प्रहरी चौकी कर्सीयाले नियन्त्रणमा लिएको छ। 
त्यसैगरी उदयपुरको त्रियुगा-२ स्थित बिपी चोकमा स ४ प ६९९ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री घाइते भएका छन्। घाइते हुनेमा आँपटार-३ बस्ने भुपेन राई रहेका छन्। घाईते राईको विराटनगरमा उपचार भइरहेको छ भने स्कुटर चालक खोटाङ बिजयखर्क ८ घर भएका उमेश राई समेत घाइते भएकाले जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। 
त्यसैगरी सिरहाको गोलबजार-८ मा स ३ प ३४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रअयोध्यापुर ७ बस्ने बिनोद सिंह घाइते भएका छन्। घाइते सिंहको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.