Websoft University

पहिरोका कारण तमोर नदी थुनियो

ताप्लेजुङ, असार २६ गते गते । ताप्लेजुङको सावादिन-१ मालबासे मितलुङ भन्ने ठाउँमा पहिरो खसेर तमोर नदी थुनिएको छ। 
पहिरोले नदि थुनिएपछि फुरुम्बु गाविसस्थित मितलुङ बजार, हान्द्रुङ र दोभान तथा माथिल्लो भागमा रहेको सिंवा बजारमा प्रभाव पर्ने देखिएको छ। 
नदी थुनिएपछि फुरुम्बु ९ बस्ने जीबन नुगो र दिल बहादुर नुगोको ढुङ्गा, माटोले बनेको फुसको छानो भएको ३ तले घर र अन्दाजी ६० रोपनी खेत डुबानमा परेको छ। 
नदीले उनीहरुको दुई हल गोरु समेत बगाएको बुझिएको छ। घटनास्थलमा स्थानीय नेपाली सेना र नेपाल प्रहरीको टोली खटि गई स्थानीयलाई सुरक्षित बस्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.