Websoft University

जंगलमा दुई जनाको शव फेला

उदयपुर, असार २१  गते। उदयपुरको  सिरिया जंगल र ओखलढुङाको वरडाँडा जंगलमा हिजो एक महिला तथा एक पुरुषको शव फेला परेको छ। 
कटारी-२ स्थित सिरिया जंगलमा स्थानीय मानिसले हिजो विहान अन्दाजी २७\२८ वर्षकी महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक महिलाको नाम थर वतन खुल्न सकेको छैन। 
घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट खटि गएको टोलीले मृतकको पहिचान लगायत अनुसन्धान कार्य भइरहेको छ। 
त्यसैगरी ओखलढुङाको सिद्दिचरण नगरपालिका २ स्थित बरडाँडा जंगलमा ३३ वर्षिय राजकुमार गिरी हिजो बिहान मृत भेटिएका छन्। स्थानीय पिकविक रिसोर्टमा रंग रोगन भनेर आइतबार घरबाट निस्केका गिरी सांझसम्म फर्की नआएपछि आफन्तजनले उनको खोजी गर्नेकम्रममा जंगलमा गिरीको शव भेटिएको हो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ओखलढुङाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भइरहेको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.