Websoft University

शशांकको उपचारमा भारतीय डाक्टरको टोलि नेपालमा

काठमाडौं, २५ असार । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको थप उपचारका लागि चार जना भारतीय चिकित्सकको टोली नेपाल आएको छ । 
उपचारका लागि अल इन्डिया इन्सिच्युट अफ साइन्सेज(एम्स) बाट चिकित्सकको टोली आइपुगेको ओम अस्पतालका प्रवक्ता डा.लवनरसिंह जोशीले बताउनु भयो  । उनीहरुले अस्पतालले गरेको उपचार र रिपोर्टका आधारमा कोइरालाको परीक्षण र उपचार आरम्भ गरेका छन् । 
‘कोइरालाई गरिएको उपचार र रिपोर्ट सबै देखाएका छौं’ डा. जोशीले भन्नुभयो ‘भारतीय चिकित्सक टोलीको रिपोर्ट भने आउन बाँकी नै छ ।’ टोलीमा छाती रोग विशेषज्ञ, न्यूरोलोजिष्ट, कार्डियोलोजिष्ट र फिजिसियन रहेका छन् ।
 ३ दिन पहिला नै भारतीय चिकित्सक आउने भनिएपनि उनिहरु शनिवार मात्रै आइपुगेका हुन् । चिकित्सकको टोलीले कोइरालाको उपचारमा सक्रिय रहेका नेपाली चिकित्सकको टोलीको प्रसंसा समेत गरेको अस्पतालले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.