Websoft University

प्रधानमन्त्री ओली र प्रचण्डबीच गोप्य वार्ता


काठमान्डौ, असार २५ गते।  प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुई घन्टा गोप्य वार्ता भएको छ । 

शुक्रबार दिउँसो र साँझ गरेर प्रचण्ड दुई पटक बालुवाटार पुगेका थिए ।ओली र प्रचण्डको भेटमा यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएको अन्नपूर्ण अनलाइनले जनाएको छ  । 

दाहालले भने, ‘शुक्रबार साँझको भेटमा मंसिरसम्म यही सरकार कायम राख्ने विषयमा छलफल भएको छ ।’ गोप्य स्रोतले ओली र प्रचण्डबीच घन्टौँ छलफल भएको जानकारी दिएको भए पनि दाहालले भने त्यसको जवाफ दिन चाहेनन् । कति समय कुराकानी भयो भन्ने अन्नपूर्णको प्रश्नमा दाहालले भने, ‘समय ठूलो कुरा होइन । 

उहाँहरुबीच दैनिक भेटघाट भइराखेको छ ।’प्रचण्ड र ओलीबीच शुक्रबार मात्र पटकपटक भेटवार्ता भएको भए पनि दाहालले भने साँझ एक पटकमात्र भेटवार्ता भएको दाबी गरे । ‘साँझ प्रधानमन्त्रीसँग भेट भएको हो,’ दाहालले भने । भेटमा प्रचण्डले माओवादी केन्द्र वर्तमान गठबन्धनको सरकारको विपक्षमा जान नसक्ने विषय जानकारी गराएको समेत दाहालले जानकारी दिए । 

प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भए पनि छलफलका बारे कतै पनि जानकारी दिइएको छैन् । प्रचण्डले प्रधानमन्त्रीलाई माओवादीले सरकार विरुद्ध कुनै निर्णय नगरेको जानकारी समेत गराएका छन् । प्रचण्ड र ओलीबीचको गोप्य वार्तामा यो गठबन्धनमा अन्य दललाई कसरी ल्याउने भन्ने विषयमा गम्भीर छलफल भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.