Websoft University

मोटरसाइकलमा सारी बेरीदा महिला घाइते

सुनसरी, असार २ गते। पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको रामधुनी-भासी नगरपालिका ४ मा बुधबार मोटरसाइकलको चक्कामा सारी बेरीदा एक महिला घाइते भएकी छन्। घाइते हुनेमा को ३ प ८८३ नम्बरको मोटरसाइकल चालककी आमा पछाडि सवार भरौल ३ बस्ने ५० बर्षिया अगहैनिया मण्डल रहेकी छन्। मण्डलले लगाएको सारी अचानक मोटरसाइकलको चक्कामा बेरीन गई दुर्घटना भएको थियो। दुर्घटनामा घाइते मण्डलको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपचार भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.