Websoft University

कर्मचारी संगठनमा एमाले बलियो

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनमा एमाले बलियो देखियो । बुधबार सम्पन्न ट्रेड युनियनको निर्वाचनले एमाले बलियो देखिएको थियो । ७५ जिल्ला र ४२ वटा विभागमा सम्पन्न निर्वाचनमा एमाले समर्थित कर्मचारी संगठनले जिल्ला र विभाग गरी ८० स्थानमा जित हात पारेको छ । त्यसपछि कांग्रेस समर्थिक नेपाल निजामती कर्मचारी युनियन संघले जिल्ला र विभाग गरी २७ स्थानमा जित हात पारेको छ । उसले १८ जिल्ला र ९ वटा विभागमा जित हात पारेको हो । तेश्रो स्थानमा मधेशी कर्मचारीहरुको संगठन रह्यो । 
नेपाल मधेशी निजामति कर्मचारी मञ्चले ७ वटा स्थानमा जित हात पार्दै तेश्रो र माओवादी समर्थित राष्ट्रिय कर्मचारी संगठनले दुई स्थानमा मात्र जित निकाल्न सक्यो । पहिलो हुनेले अध्यक्ष र कोषाध्यक्ष पाउने छन् भने दोश्रो हुनेले महासचिव, तेश्रो हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पद पाउने छन् । निर्वाचनको अन्तिम मतपरिणामपछि निर्वाचन समितिले नै पद बाँडफाँड गर्नेछ । 
निर्वाचनका लागि कांग्रेस एमाले, माओवादी केन्द्र, मधेसवादी दल लगायतका दल समर्थित सात कर्मचारी संगठनले निर्वाचनमा उम्मेदवारी दर्ता गराएका थिए। एक सय १७ निकायमा १ सय २९ मतदान केन्द्रमा निर्वाचन भएको थियो भने निर्वाचनमा करिब ८५ प्रतिशत मत खसेको थियो । बुधबार सम्पन्न मतदानमा ८० प्रतिशतभन्दा बढी मत खसेको थियो । निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभागमा १२९ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले मतदानमा भाग लिएका थिए । - 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.