Websoft University

माओवादी केन्द्रले बनायो जम्बो महाधिवेशन समिति


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन आयोजक समिति हालसम्मकै ठूलो बनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पोलिटब्युरोको बैठकले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको हो । बैठकले ९९९ जना मनोनयन गरेको छ भने बाँकी रहेका एक सय जना भने आगामी दिनमा थपिने माओवादी केन्द्रले जनाएको छ । पार्टी एकता प्रक्रियामा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी र नयाँ शक्ति अभियानको ठूलो हिस्सा समावेश हुने भन्दै महाधिवेशन आयोजक समितिमा थप एक सय सदस्य खाली राखिएको माओवादीले जनाएको छ । यस्तै बैठकले ८५ सदस्यीय स्थायी समिति बनाएको छ भने २५५ सदस्यीय पोलिटब्युरो बनाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थायी समिति ७५ सदस्यीय बनाउने निर्णय गरेको थियो । ‘‘सबै विचार तथा समूहलाई जिम्मेवारी दिएर जनताको तहसम्म पु¥याउनका लागि महाधिवेशन आयोजक समिति ठूलो बनाइएको हो । पार्टी सङ्गठन विस्तार गर्नका लागि मात्रै ठूलो बनाइएको हो । सो समिति महाधिवेशनसम्मका लागि हो । महाधिवेशनमा अध्यक्षदेखि सबै सदस्य निर्वाचित हुनुपर्ने भएकाले हाल ठूलो वा सानो हुनुले केही प्रभाव पार्दैन’’ – प्रवक्ता भुसालले भन्नुभयो । बैठकमा केही नेताले भने महाधिवेशन आयोजक समिति ठूलो बनाउन नहुने धारणा राख्नुभएको थियो । उहाँहरुले सङ्गठनात्मक संरचना ठूलो बनाउँदा काम गर्न समस्या पर्ने भन्दै चुस्त र दुरुस्त बनाउन आग्रह गर्नुभएको थियो । बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम चलाउने र पार्टीको एकता प्रक्रियालाई जनस्तरसम्म पु¥याउने निर्णयसमेत गरेको छ । सोही निर्णयअनुसार आज प्रदेश नं ३ को प्रशिक्षण कार्यक्रम राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.