Websoft University

झुठा मुद्धा खारेजीको माग गर्दै मेची बन्द

झापा, जेठ २१ । झुठा मुद्धा खारेजीको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण आज मेची अञ्चलको जनजीवन प्रभावित भएको छ ।
आफ्ना कार्यकर्ताविरुद्ध लगाइएको झुठा मुद्दा खारेजी गर्नुपर्ने माग गर्दै विप्लव नेतृत्वको माओवादीले मेची अञ्चल बन्द आह्वान गरेको हो । बन्दका कारण मेची अञ्चलका पाँचथर, ताप्लेजुङ, इलाम र झापामा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने बजार पनि सुनसान छ ।
केही महिना अघि झापाको गुट्का उद्योगमा आगो लगाएको आरोपमा पार्टीका झापा जिल्ला सेक्रेटरी बाबुराम राई, सदस्यहरु चमनलाल माझी, पुष्प अधिकारी र नविन अधिकारीलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरु अहिले पनि जेलमा छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.