Websoft University

केडिया अपहरण प्रकरणमा चार प्रहरी निलम्बित

बारा, जेठ २० – वीरगञ्जका उद्योगपति सुरेश केडियालाई अपहरण गरेको आरोपमा कवहीगोठ प्रहरी चौकीका प्रहरी हवल्दारसहित चार जना निलम्बितमा परेका छन ।  हबल्दार तेजबहादुर ढकाल, प्रहरी जवानत्रय प्रमोद कुमार यादव, बुनिल महतो र सुरेन्द्र प्रसाद साह निलम्बितमा परेका छन् । अपहरणकारीले केडियालाई अपहरण गरेर लैजाँदै गरेको गाडीलाई कवहीगोठ प्रहरीले रोक्न खोज्दा उम्केकाले अनुसन्धानको लागि उनीहरुलाई निलम्बन गरिएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका डिआईजी पशुपति उपाध्यायले बताउनुभयो । सुरक्षाको लागि दिएको हात हतियारको प्रयोग नगरी अपहरणकारी सजिलैसँग सीमापारी गएकोले उनीहरुलाई निलम्बन गरिएको कवहीगोठका चौकीका इन्र्चाज प्रहरी नायब निरीक्षक राजेन्द्र चौधरीलाई पनि निलम्बन गर्नको लागि प्रहरी प्रधान कार्यालयलाई पत्र पठाईएको डिआईजी उपाध्यायले बताउनुभयो । प्रहरी नायब निरीक्षक चौधरीको बारेमा मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाले पत्र पठाएको र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल बाहिर गएको हुनाले आउने बितिकै कारवाहीको प्रक्रिया अगाडी बढाईने प्रहरी प्रधान कार्यालयका प्रहरी उपरिक्षक उतम सुवेदीले बताउनुभयो । तेलकुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक आनन्द राय, कवहीगोठका प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र चौधरी सहित १० जना प्रहरी अनुसन्धानको दायरामा परेका थिए । प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बारामा फिर्ता बोलाई बाराका प्रहरी नायब उपरिक्षक एवम प्रवक्ता बिनोद शर्माको नेतृत्वमा सात सदस्सीय टोलीले छानबिन गरेको हो । शर्मा नेतृत्वको टोलीले छानबिन गर्दै मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडालाई बिहिबार प्रतिवेदन बुझाएपछि मध्य क्षेत्रले प्रहरी हवल्दार सहित चार जनालाई निलम्बन गरेको हो ।  सशस्त्र प्रहरीका कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णकुमार तामाङ र नेपाल प्रहरीका कार्य विभागका प्रमुख अतिरिक्त महानिरीक्षक केदार साउदको टोलीले बुझाएको प्रतिवेदनको आधारमा यसअघि तेलकुवा सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक हेमराज न्यौपाने, कवहीगोठ बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्रशमशेर कुँवरसहित प्रहरी हवल्दार र प्रहरी जवानलाई निलम्बन गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.