Websoft University

नेपाली भूमि मिचेर भारतीय जाँच चौकी निर्माण


वीरगन्ज, जेठ २१ । भारतले वीरगन्जस्थित सीमा क्षेत्रमा नेपाली भूमि मिचेर एकीकृत भन्सार जाँचचौकी (आइसीपी) बनाएको छ ।
वीरगन्जको अलौ सिर्सियामा नेपाल र भारत दुबैतर्फको आइसीपीको भौतिक संरचना निर्माण कार्य भारत सरकारले नै गर्दै आएको छ । दशगजा क्षेत्रमा आइसीपीको निर्माण भइरहेको छ ।
आइसीपीको भारततर्फको भौतिक संरचना भने बनिसकेको छ । नेपालतर्फ आइसीपीको निर्माणकार्य जारी छ । दुबै देशको आइसीपीको पर्खाल दशगजा क्षेत्रमा रहेको सीमा स्तम्भभन्दा ठिक १० गज पर निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
तर भारत सरकारले आफ्नो तर्फको आइसीपीको सिमेन्टेड पर्खाल सीमा स्तम्भभन्दा ठीक १० गजको दुरीमा बनाएको छ भने नेपाल तर्फको पर्खाल दशगजामा रहेको सीमा स्तम्भभन्दा नेपाली भूमितर्फ १७ गजभित्र पर्ने गरी बनाएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.