Websoft University

मोटरसाइकल र स्कुटी जुद्धा चार घाइते

विराटनगरःधरान–बिराटनगर सडक खण्ड अन्तरगत बिराटनगर–५ मा बिहिबार स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किंदा चार जना घाइते भएका छन् ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ११ प ६६२७ नम्बरको स्कुटी र सोही दिशाबाट आइरहेको को ११ प ५०७० नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा स्कुटी चालक मोरङ टंकीसिनुवारी–४ का कल्पना पौडेल, उनका भाई मुकेश पौडेल तथा मोटरसाइकलमा सवार मोरङ टंकिसिनुवारी–९ बस्ने अनन्त राजवंशी र सोही स्थान बस्ने मिना विश्वास घाइते भएका छन् ।

घाइतेहरुको बिराट नर्सिङ होम तथा गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने दुबै सवारी प्रहरी चौकी बरगाछीको नियन्त्रणमा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.