Websoft University

सप्तरीमा माइक्रो दुर्घटना, आठ घाइते


राजविराज, २१ जेठ । राजविराज भारदह सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगरमा आज बिहान माइक्रोबसमा बस ठोक्किँदा आठजना यात्रु घाइते भएका छन् ।
राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको को १ झ ३६६९ नंको माइक्रोबसलाई सोही दिशातर्फ जाँदै गरेका लु १ ख ८०३६ नंको बसले पछाडिबाट ठक्कर दिँदा आठजना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
घाइतेलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने बस र माइक्रोबस र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.