Websoft University

तीस युवाद्वारा एक बालिका बलात्कृत

दक्षिण अमेरिकी मुलुक ब्राजिलको राजधानी रियो दि जेनेरियो नजिकैको सहरमा गत साता ३० जना युवाहरूले एक १६ वर्षीया बालिकाको बलात्कार गरेको भिडियो सार्वजनिक भए यता उक्त बालिकाले पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएकी छिन् ।
गत साता उक्त बालिका आफ्नो केटा साथीको घर गएको बेला बेहोस गरेर ३० जना जति युवाले बलात्कार गरिरहेको भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक भएको थियो ।
पहिलोपटक मिडियामा बोल्दै बालिकाले भनेकीछन्, ‘मलाई केही होस् नै थिएन । मैले केवल केटाहरू हाँसेको र बोलेको मात्र सुनिरहेको थिएँ ।’
प्रहरी प्रशासनले पनि उक्त केसमा संवेदनशिल भएर कारवाही अगाडी नबढाएको आरोप लागपछि त्यहाँको महिला प्रहरी क्रिस्टिना बेन्टो जो बालबालिकामाथी हुने अपराधकी प्रमुख हुन् उनैले अनुशन्धानको बागडोर सम्हालेकी छिन् ।
बलात्कृत बालिकाका अनुसार उनी होसमा आउँदा निवस्त्र थिइन् । उनलाई के भएको हो समेत थाह थिएन । ‘शारिरिक चोट मात्रै होइन, मेरो आत्मामा चोट लागेको छ,’ उनले भनिन्, ‘किनकी मानिसहरू मलाई लाञ्छना लगाउँछन् । जब मेरो यसमा कुनै दोष नै छैन ।’
हाल अनुशन्धान गरिरहेकी महिला प्रहरी बेन्टोले उक्त घटनाको सुक्ष्म रुपमा अनुशन्धान गरेर संलग्न सबैलाई कानुनी कारवाही गरिने दृढता व्यक्त गरिन् ।
राजधानीबाट नजिकै भएको उक्त अमानविय घटनाको ब्राजिल लगायत दक्षिण अमेरिकाका मुलुकहरुमा त्यसको ठूलो विरोध भइरहेको छ । त्यहाँको प्रहरीले हालसम्म बलात्कारमा संलग्न रहेको आरोपमा दुईजनालाई मात्र नियन्त्रणमा लिन सफल भएको छ ।
यस्तै प्रहरीले बलात्कारमा संलग्न रहेका विभिन्न व्यक्तिको तस्बिरहरू समेत सार्वजनिक गर्दै उनीहरुको खोजि कार्यलाई तिव्र बनाएको छ ।
कान्तिपुरबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.