Websoft University
Latest Post


विराटनगर । रातो तसरा डट कम, चेतना संरक्षण प्रतिष्ठानले शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरेर तीनजना स्रष्टालाई सम्मान गरेको छ ।

प्रतिष्ठानले हरेक महिना आयोजना गर्ने कार्यक्रमअन्तर्गत आज विशेष कार्यक्रम गरेर साहित्य क्षेत्रमा योगदान पु¥याउने तीनजना स्रष्टाहरुलाई सम्मान गरेको हो । चेतना मासिकमा उपस्थित भएर सिर्जना वाचन गर्नेमध्ये उमेरले सबैभन्दा ज्येष्ठ स्रष्टा लक्ष्मीप्रसाद रिजाल र सबैभन्दा धेरै पटक कार्यक्रममा उपस्थित हुने कवि भवानीप्रसाद पोखरेललाई सम्मान गरिएको थियो । त्यसैगरी सिक्किमका कवि वीरभद्र कार्की ‘ढोली’लाई विशेष सम्मान समर्पण गरिएको थियो । 

सिक्किममा बसेर विगत लामो समयदेखि नेपाली भाषा साहित्यको विकास र समृद्धिमा योगदान पु¥याएबापत कवि ढोलीलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । तीनैजना स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोपालप्रसाद भण्डारी, आयोजक संस्थाकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीलगायतले टीका, माला, खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष सुवेदीले प्रतिष्ठानले भाषा, साहित्य, कला, पत्रकारिता र मानवीय धर्म संस्कृतिका क्षेत्रमा कार्य गर्दै आएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोपालप्रसाद भण्डारी, वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ खेम नेपाली, वरिष्ठ कवि कुन्ता शर्मा, वरिष्ठ समाजसेवी तथा चेतना संरक्षण प्रतिष्ठानका संरक्षक दीनबन्धु गोयल, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 



काठमाडौं  । रातो तारा डट कम, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पन्ध्रकिलो भन्ने स्थानमा ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । आगालागी भए पनि ग्यास बुलेट विष्फोट नहुँदा ठूलो क्षति हुनबाट जोगिएको छ ।

प्रहरीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बरको बुलेटमा आगलागी भएको हो । चारवटा दमकलबाट आगलागी नियन्त्रणमा लिइएको छ ।

आगलागी नियन्त्रणमा आएको र सडक सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । (बारखरी बाट)


बिराटनगर, २०७९ बैशाख १३ गते । रातो तारा डट कम, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालयको परिसरमा नवनिर्मित पलाञ्चोक भगवती मन्दिरको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आज बिहान कार्यालयको परिसरमा  सम्पन्न एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि।सी।ले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।

मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि।सी। ले   धार्मिक कार्यक्रमहरुले प्रहरीमा भाईचारा, बन्धुत्वको विकास सँगै सदाचार, सदभावको भावनामा बृद्धी भई समाजमा नैतिकता स्थापित हुने कुरामा बिस्वस्त रहेको बनाउनु भयो । वाहाले नागरीकको सहयोग बिना प्रहरीले सफलता प्राप्त गर्न नसक्ने हुँनाले सम्पुर्ण  पलाञ्चोक भगवति मन्दिर निर्माणमा अतुलनिय सहयोग पुर्‍याउनु हुने दाता महानुभावहरुलाई समेत धन्यवाद  दिनुहुदै कदर पत्रले सम्मान समेत गर्नु भयो  । कार्यक्रममा मन्दिर निर्माण कार्यमा सहयोगी दाताज्युहरु,  प्रहरी उपरीक्षक ज्युहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.