Websoft University

चेतना संरक्षण प्रतिष्ठानद्वारा तीनजना सम्मानित


विराटनगर । रातो तसरा डट कम, चेतना संरक्षण प्रतिष्ठानले शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरेर तीनजना स्रष्टालाई सम्मान गरेको छ ।

प्रतिष्ठानले हरेक महिना आयोजना गर्ने कार्यक्रमअन्तर्गत आज विशेष कार्यक्रम गरेर साहित्य क्षेत्रमा योगदान पु¥याउने तीनजना स्रष्टाहरुलाई सम्मान गरेको हो । चेतना मासिकमा उपस्थित भएर सिर्जना वाचन गर्नेमध्ये उमेरले सबैभन्दा ज्येष्ठ स्रष्टा लक्ष्मीप्रसाद रिजाल र सबैभन्दा धेरै पटक कार्यक्रममा उपस्थित हुने कवि भवानीप्रसाद पोखरेललाई सम्मान गरिएको थियो । त्यसैगरी सिक्किमका कवि वीरभद्र कार्की ‘ढोली’लाई विशेष सम्मान समर्पण गरिएको थियो । 

सिक्किममा बसेर विगत लामो समयदेखि नेपाली भाषा साहित्यको विकास र समृद्धिमा योगदान पु¥याएबापत कवि ढोलीलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । तीनैजना स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोपालप्रसाद भण्डारी, आयोजक संस्थाकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीलगायतले टीका, माला, खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष सुवेदीले प्रतिष्ठानले भाषा, साहित्य, कला, पत्रकारिता र मानवीय धर्म संस्कृतिका क्षेत्रमा कार्य गर्दै आएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोपालप्रसाद भण्डारी, वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ खेम नेपाली, वरिष्ठ कवि कुन्ता शर्मा, वरिष्ठ समाजसेवी तथा चेतना संरक्षण प्रतिष्ठानका संरक्षक दीनबन्धु गोयल, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.