Websoft University
Latest Post


विराटनगर, १२ चैत । आउँदो स्थानिय निर्वाचनमा आरक्षणका लागि वैश्य समाज उत्थान संघर्ष समितिले आफ्नो समाजलाई जनसंख्याका आधारमा स्थान माग गरेका छन् । वैश्य समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो कुरा उठान गरिएको हो ।

वैश्य समाज उत्थान संघर्ष समितिले वैश्य समुदायको आत्मासम्मान र प्रतिष्ठाको लागि राजनितिमा पहुँच शिक्षामा छात्रावृतिमा पहल, वैश्य आयोग गठन, जनसंख्याको आधारमा आरक्षण तथा हरेक राजनिति दलहरुले वैश्य समाजका प्रतिनिधिका रुपमा उम्मेदवार बनाउन र समानुपातिक रुपमा सिटको व्यवस्था गर्न माग गरेका छन् । 

अन्तरक्रिया कार्यक्रममा काँग्रेसका राजेश गुप्ता, एमालेका सागर थापा,माओवादीका शिवकुमार मण्डल जसपाका राजकुमार यादव, लोसपाका मो.कादिर लगाएतका राजनितिक दलका प्रतिनिधिहरुले वैश्य समाज उत्थान संघर्ष समितिका मागहरु केन्द्रिय कमिटि र सरकारबाट अनुमोदन गराउने प्रतिवध्दता जनाएका छन् । वैश्य समुदायका माग प्रति ध्यानाकर्षण गराउन उक्त अन्तरक्रिया कार्यक्रम गरिएको संयोजक शंकर प्रसाद रौंनियारले बताउनु भयो ।



विराटनगर चैत १२ गते । रसतो तारा डट कम, वरिष्ठ संस्कृतिकर्मी स्वर्गीय चर्तुभुज आशावादीको ७८ जन्मजयन्तीको अवसरमा विराटनगरमा विविध कार्यक्रम गरिएको छ । 

कलासंस्कृति, पत्रकारिता तथा साहित्यको क्षेत्रमा समर्पित व्यक्तिहरुलाई सम्मान गर्नुका साथै जातीय सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको छ । भानु कला केन्द्रले आयोजना गरेको कार्यक्रमका बीच ९ जनालाई सम्मान गरिएको हो । कार्यक्रमकाबीच साहित्यकार डाक्टर सतिशचन्द्र शर्मा, सुमन पोखरेल र करुणा झालाई भानु पदकबाट सम्मान गरिएको थियो । यस्तै राधिका गुरागाईलाई भानु साहित्य सम्मान, पत्रकार बेदराज पौडेललाई भानु पत्रकारिता सम्मान, संगीत तथा नाट्यको क्षेत्रबाट वीरबहादुर गुरुङलाई आशावादी सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यस्तै साहित्यकार ज्ञानप्रकाश उपाध्याय, वरिष्ठ समाजसेवी मिलन राई र कवि लक्ष्मण नेवटियालाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद अमनलाल मोदी तथा भानु कला केन्द्रकी अध्यक्ष माया पौडेलले उहाँहरुलाई सम्मान प्रदान गरे । सो अवसरमा नेपाल तामाङ घेदुङ, मुस्लिम समाज, विराट राजवंशी समाज, किराँत याक्थुम चुम्लुङ, नेवारी भाषा संस्कृति परिवार, किराँत याक्खा छुम्मा महानगर कमिटीलगायतले आ–आफ्ना जातीय पोशाक लगाएर धर्मसंस्कृतिअनुसारको नृत्य प्रस्तुत गरेका थिए । भानु कला केन्द्रले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गर्दै आएको आयोजक संस्थाका सहसचिव प्रचण्ड पौडेले जानकारी दिए । 



विराटनगर चैत १२ गते । रातो तारा डट कम, झोराहाट नाट्य समूहको मासिक साहित्यिक शृंखलामा चार जना कवि प्रस्तुत भएका छन् । 

हरेक महिनाको दोस्रो शनिबार आयोजना हुँदै आएको ‘झोराहाटमा साहित्य’ शृंखलाअन्तर्गत आज मोरङ र सुनसरीका चारजना कविले आफ्ना चार–चारवटा कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि रामबाबु दाहालले ‘म आल्हादित छु’, ‘स्वप्निल मन’, ‘मौनताको आधार शिविरबाट’ र ‘ए कविज्यू के हो कविता ?’ शीर्षकको कविता वाचन गर्दा सुनसरीकी कवि मीना श्रेष्ठले ‘भत्किएको सम्बन्ध’, ‘आइमाई बस्ने घर’, ‘सपना र जीवन’, ‘फरगेट एस्र्टडे’ शीर्षकको कविता सुनाए । त्यसैगरी पत्रकारसमेत रहेका कवि मीनकुमार नवोदितले ‘गाउँ सम्झेर गाउँ’, ‘विस्मृति’, ‘बाको झोला’ र ‘छुटी जानेहरु’ शीर्षकको कविता वाचन गरेका थिए । 

त्यस्तै इटहरीका कवि विवेक विवश रेग्मीले ‘जुत्ता’, ‘दुधिलोको रुख’, ‘चस्मा’, र ‘केटाकेटीहरु’ शीर्षकको कविता सुनाए । कार्यक्रममा २०७८ मा कृति प्रकाशित गर्ने स्रष्टाहरुलाई समेत झोराहाट नाट्य समूहले सम्मान गरेको थियो । उनीहरुलाई आयोजक संस्थाका अध्यक्ष भरत गुरागाई ‘बर्बरिक’, कवि तथा पत्रकार राजन न्यौपाने, समाजसेवी छत्र काफ्लेलगायतले खादा ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । कोरोनाका कारण लामो समय स्थगित भएको ‘झोराहाटमा साहित्य’ मासिक शृंखलालाई अब निरन्तरता दिइने नाट्य समूहका अध्यक्ष गुरागाईंले बताए । 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.