Websoft University
Latest Post



शिव भट्टराई,मोरङ । रातो तारा डट कम,जल जमिन र जङ्गलको सदुपयोग गरी पर्यटन विकासमा योगदान गरौं ' भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० तथा विश्व सिमसार दिवस २०७६ महोत्सवको अवसरमा  हसिना सिमसारले १० हजार पर्यटक भित्राउने लक्ष्य लिएको छ। 

मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ५ मा रहेको हसिना सिमसारमा यहि माघ १९ गते आईतबार बिहान १० बजे देखि हुन गइरहेको एक दिने महोत्सवमा १० हजार पर्यटक भित्राउन का लागि धमाधम तयारी भइरहेको छ।

विश्व सिमसार दिवसको अवसर पारेर हुन लागि रहेको यस भव्य महोत्सवको माननीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईद्वारा उद्घाटन गरिने भएको छ। पर्यटन वर्ष २०२० तथा विश्व सिमसार दिवस (महोत्सव) मूल समारोह समिति सुन्दर हरैचा ५ को आयोजनामा हुन गइरहेको यस महोत्सवमा गरिमा डान्स सेन्टर धरानका कलाकारहरुको बेजोड प्रस्तुति रहने ,विभिन्न जात जातिद्वारा झाँकी प्रदर्शनी, स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी कार्यक्रम गरिने भएको छ।त्यस्तै स्थानीय कृषि तथा औद्योगिक सामग्रीको प्रदर्शनी महोत्सवको मुख्य आकर्षण हुने छ भने कार्यक्रममा केन्द्र तथा प्रदेशका मन्त्री तथा माननीयज्यू हरुको सम्बोधन गरिने भएको छ।

हसिना सिमसार क्षेत्रलाई अगाडि बढाउनका लागी मन्त्रालय र नगरबाट डि पी आर सहितको प्रस्ताव पेश गरी रकम उपलब्ध गराई यस क्षेत्रलाई प्रदेश नं १ कै नमुना पर्यटन क्षेत्र बनाउने आफ्नो लक्ष्य रहेको र त्यसका लागि वार्डको तर्फबाट गर्नु पर्ने सहयोग निरन्तर रहने वार्ड नं ५ का वार्ड अध्यक्ष राम रिजालले बताएका छन्।त्यस्तै उहाँले महोत्सवका लागि सरसफाई देखि लिएर १० हजार पर्यटक आट्ने ठाउँको व्यवस्थापन गर्न धमाधम पुर्व तयारी भइरहेको बताएका हुन्।


बिराटनगर माघ १३ गते । रातो तारा डट कम, प्रदेश नं १ मा प्रदेश सरकार, स्थानीय सरकार तथा करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय साझेदारीमा प्रदेश नं. १ भित्रका सबै स्थानीय तहहरुमा सञ्चालन हुन गइरहेको अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमको समुद्घाटन बिराटनगरमा भव्य रुपमा सम्पन्न भएको छ । 

सामाजिक विकास मन्त्रालय, प्रदेश नं १ द्वारा आयोजित उक्त समारोहको शुभारम्भ मुख्य मन्त्री शेरधन राईद्वारा गरिएको थियो । समारोहमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक योजना तथा मामिला मन्त्री इन्द्र आङ्बो, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर, सामाजिक विकास समितिका सभापति सरिता खड्का र प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेलको उपस्थिति रहेको थियो । 

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमले जन्मजात तथा जन्मपश्चात् विकास हुने अपाङ्गता रोकथाम गर्ने तथा समुदायमा आधारित पुनस्र्थापना मार्फत अपाङ्गता भएका व्यक्ति तथा तिनका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने लक्ष्य लिएको छ । कार्यक्रमको प्रथम चरण अन्तर्गत मोरङ्ग, सुनसरी, धनकुटा र पाँचथर जिल्लाका २६ स्थानीय तहसँग कार्यक्रम सञ्चालनका लागि तीन वर्षे सम्झौता सम्पन्न भइसकेको छ । 

तीन वर्ष  पश्चात् कार्यक्रमलाई प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा अगाडी बढाइने प्रावधान रहेको छ । यस कार्यक्रमलाई आगामी तीन वर्षमा चरणबद्ध रुपमा प्रदेशका सम्पूर्ण स्थानीय तहमा विस्तार गरी गर्भवती महिला, नवदम्पती, दस वर्षमुनिका बालबालिका र प्रदेशमा रहेका करिब एक लाख अपाङ्गता भएका व्यक्ति समक्ष पुग्ने योजना प्रदेश सरकारको रहेको छ । 

इस्टर्न स्टार होटलमा सम्पन्न समुद्घाटन समारोहमा मदन पुरस्कार विजेता झमक घिमिरेलाई साहित्यमा पु¥याएको योगदान मार्फत सबैको लागि प्रेरणा र आत्मविश्वासको स्रोत रहेको उच्च मूल्याङ्कन गर्दै प्रदेश सरकारद्वारा सम्मान गरिएको थियो ।  

चित्रकला, गीत तथा कविता सिर्जना एवम् गायन क्षेत्रमा क्रियाशील रही अपाङ्गता भएका व्यक्तिहरु र समग्र युवाका लागि प्रेरणा र आत्मसम्मानको स्रोत बन्दै जनमानसमा सकारात्मक सोच प्रवाह गर्न सक्रिय युवा कलाकार अमिर लामाले समारोहमा आफ्नो चित्रकला र गीतको प्रस्तुतीकरण पनि गरेका थिए ।  अपाङ्गता भएका बालबालिकाहरुको दैनिक क्रियाकलापमा सहजता ल्याउनका लागि विभिन्न जिल्लाका अपाङ्गता भएका १६ बालबालिकाहरुलाई समारोहमा पेडियाटिक? ह्विलचेयर वितरण गरिएको थियो ।

 साथै ह्विलचेयरमा विश्व यात्रा गर्नुहुने ओखलढुङ्गाका तेज बहादुर कार्कीलाई अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार प्रवद्र्धन गर्ने उनको अभियानको सफलताका लागि शुभकामना ज्ञापन गर्दै नगद रु ५१,००० प्रदेश सरकारमार्फत करुणा फाउण्डेसन नेपालद्वारा प्रदान गरिएको थियो ।  

जन्मजात हुने अपाङ्गता रोकथामका लागि यस कार्यक्रमको मुख्य लक्षित वर्ग नवदम्पत्ती तथा गर्भवती महिलाको प्रतिनिधित्व गर्ने एकजोडी नवदम्पती र एक जना गर्भवती महिलालाई मुख्य मन्त्री तथा सामाजिक विकास मन्त्री द्वारा शुभकामना कार्ड र न्यानो झोला उपहारस्वरुप प्रदान गरिएको थियो । 

कार्यक्रम मार्फत अपाङ्गता रोकथाम सम्बन्धी गरिने विभिन्न क्रियाकलापहरुमध्ये नवदम्पती तथा गर्भवती महिलालाई शुभकामना कार्ड वितरण पनि एउटा महत्वपूर्ण गतिविधि हो । नवदम्पतीलाई वडा कार्यालय 
प्रेस नोट 
अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमको समुद्घाटन  
तथा गर्भवती महिलालाई स्वास्थ्य संस्थामार्फत वितरण गरिने उक्त कार्डमा अपाङ्गता रोकथाम, सुरक्षित मातृ तथा शिशु स्वास्थ्य र परिवार योजना सम्बन्धी सन्देशमूलक जानकारी समेटिएको हुन्छ ।  

कार्यक्रम संचालन हुने सबै स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र प्रदेशमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न भएको उक्त समारोहमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कार्यक्रम अधिकृत विमल बस्नेतले सबैका लागि पहुँचयुक्त भौतिक संरचना सम्बन्धी प्रस्तुतीकरण राखेका थिए । 

उक्त प्रस्तुतीकरण पश्चात् प्रदेश नं १ भित्रका सम्पूर्ण सार्वजनिक भौतिक संरचनालाई पहुँच युक्त बनाउन मुख्य मन्त्री, सामाजिक विकास मन्त्री तथा स्थानीय तहका प्रमुखहरुले प्रतिबद्धतामा हस्ताक्षर पनि गरेका थिए ।  
सबै लक्षित वर्गहरुको प्रत्यक्ष सहभागितमा सञ्चालन हुने यस कार्यक्रमले प्रदेश नं.१ लाई अपाङ्गता रोकथाम तथा अपाङ्गता पुनस्र्थापनाको क्षेत्रमा उदाहरणीय प्रदेशको रुपमा स्थापित गर्दै समावेशी समाजको निर्माण गर्ने अपेक्षा लिइएको छ ।  


विराटनगर ,माघ १३ गते । रातो तारा डट कम,सि.जी. इलेक्ट्रोनिक्सको १८ औं शो रुम तथा एल.जी ब्राण्डको ८ औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । आज एक कार्यक्रमका विच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र सिजी इलेक्ट्रोनिक्सका कार्यकारी वितरक व्यावस्थापक पुषोत्तम भण्डारीले सयुक्त उदघाटन गर्नुभयो । नेपाल अधिराज्य भरी इलेक्ट्रोनिक्सका सामाग्री ग्राहकले चाहेको समयमा उपलब्ध गर्न सकुन भन्ने उद्धेश्यले विराटनगरमा शो रुप सञ्चालनमा ल्याइएको उनले बताउनुभयो । शो रुममा विभिन्न एल.जी ब्राण्डका घरायसी सामाग्रीहरु उपलब्ध छन् ।शो रुम उद्धघाटनको अवसरमा विभिन्न ग्राहकलाई आकर्षक उपहारका साथै एल जीका सामानमा छुटको ब्यावस्था समेत गरिएको एल जी इलेक्ट्रोनिक्सका वितरक व्यावस्थापक पुषोत्तम भण्डारीले जानकारी दिनु
भयो  । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.