Websoft University

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमको समुद्घाटन


बिराटनगर माघ १३ गते । रातो तारा डट कम, प्रदेश नं १ मा प्रदेश सरकार, स्थानीय सरकार तथा करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय साझेदारीमा प्रदेश नं. १ भित्रका सबै स्थानीय तहहरुमा सञ्चालन हुन गइरहेको अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमको समुद्घाटन बिराटनगरमा भव्य रुपमा सम्पन्न भएको छ । 

सामाजिक विकास मन्त्रालय, प्रदेश नं १ द्वारा आयोजित उक्त समारोहको शुभारम्भ मुख्य मन्त्री शेरधन राईद्वारा गरिएको थियो । समारोहमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक योजना तथा मामिला मन्त्री इन्द्र आङ्बो, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर, सामाजिक विकास समितिका सभापति सरिता खड्का र प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेलको उपस्थिति रहेको थियो । 

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमले जन्मजात तथा जन्मपश्चात् विकास हुने अपाङ्गता रोकथाम गर्ने तथा समुदायमा आधारित पुनस्र्थापना मार्फत अपाङ्गता भएका व्यक्ति तथा तिनका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने लक्ष्य लिएको छ । कार्यक्रमको प्रथम चरण अन्तर्गत मोरङ्ग, सुनसरी, धनकुटा र पाँचथर जिल्लाका २६ स्थानीय तहसँग कार्यक्रम सञ्चालनका लागि तीन वर्षे सम्झौता सम्पन्न भइसकेको छ । 

तीन वर्ष  पश्चात् कार्यक्रमलाई प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा अगाडी बढाइने प्रावधान रहेको छ । यस कार्यक्रमलाई आगामी तीन वर्षमा चरणबद्ध रुपमा प्रदेशका सम्पूर्ण स्थानीय तहमा विस्तार गरी गर्भवती महिला, नवदम्पती, दस वर्षमुनिका बालबालिका र प्रदेशमा रहेका करिब एक लाख अपाङ्गता भएका व्यक्ति समक्ष पुग्ने योजना प्रदेश सरकारको रहेको छ । 

इस्टर्न स्टार होटलमा सम्पन्न समुद्घाटन समारोहमा मदन पुरस्कार विजेता झमक घिमिरेलाई साहित्यमा पु¥याएको योगदान मार्फत सबैको लागि प्रेरणा र आत्मविश्वासको स्रोत रहेको उच्च मूल्याङ्कन गर्दै प्रदेश सरकारद्वारा सम्मान गरिएको थियो ।  

चित्रकला, गीत तथा कविता सिर्जना एवम् गायन क्षेत्रमा क्रियाशील रही अपाङ्गता भएका व्यक्तिहरु र समग्र युवाका लागि प्रेरणा र आत्मसम्मानको स्रोत बन्दै जनमानसमा सकारात्मक सोच प्रवाह गर्न सक्रिय युवा कलाकार अमिर लामाले समारोहमा आफ्नो चित्रकला र गीतको प्रस्तुतीकरण पनि गरेका थिए ।  अपाङ्गता भएका बालबालिकाहरुको दैनिक क्रियाकलापमा सहजता ल्याउनका लागि विभिन्न जिल्लाका अपाङ्गता भएका १६ बालबालिकाहरुलाई समारोहमा पेडियाटिक? ह्विलचेयर वितरण गरिएको थियो ।

 साथै ह्विलचेयरमा विश्व यात्रा गर्नुहुने ओखलढुङ्गाका तेज बहादुर कार्कीलाई अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार प्रवद्र्धन गर्ने उनको अभियानको सफलताका लागि शुभकामना ज्ञापन गर्दै नगद रु ५१,००० प्रदेश सरकारमार्फत करुणा फाउण्डेसन नेपालद्वारा प्रदान गरिएको थियो ।  

जन्मजात हुने अपाङ्गता रोकथामका लागि यस कार्यक्रमको मुख्य लक्षित वर्ग नवदम्पत्ती तथा गर्भवती महिलाको प्रतिनिधित्व गर्ने एकजोडी नवदम्पती र एक जना गर्भवती महिलालाई मुख्य मन्त्री तथा सामाजिक विकास मन्त्री द्वारा शुभकामना कार्ड र न्यानो झोला उपहारस्वरुप प्रदान गरिएको थियो । 

कार्यक्रम मार्फत अपाङ्गता रोकथाम सम्बन्धी गरिने विभिन्न क्रियाकलापहरुमध्ये नवदम्पती तथा गर्भवती महिलालाई शुभकामना कार्ड वितरण पनि एउटा महत्वपूर्ण गतिविधि हो । नवदम्पतीलाई वडा कार्यालय 
प्रेस नोट 
अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमको समुद्घाटन  
तथा गर्भवती महिलालाई स्वास्थ्य संस्थामार्फत वितरण गरिने उक्त कार्डमा अपाङ्गता रोकथाम, सुरक्षित मातृ तथा शिशु स्वास्थ्य र परिवार योजना सम्बन्धी सन्देशमूलक जानकारी समेटिएको हुन्छ ।  

कार्यक्रम संचालन हुने सबै स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र प्रदेशमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न भएको उक्त समारोहमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कार्यक्रम अधिकृत विमल बस्नेतले सबैका लागि पहुँचयुक्त भौतिक संरचना सम्बन्धी प्रस्तुतीकरण राखेका थिए । 

उक्त प्रस्तुतीकरण पश्चात् प्रदेश नं १ भित्रका सम्पूर्ण सार्वजनिक भौतिक संरचनालाई पहुँच युक्त बनाउन मुख्य मन्त्री, सामाजिक विकास मन्त्री तथा स्थानीय तहका प्रमुखहरुले प्रतिबद्धतामा हस्ताक्षर पनि गरेका थिए ।  
सबै लक्षित वर्गहरुको प्रत्यक्ष सहभागितमा सञ्चालन हुने यस कार्यक्रमले प्रदेश नं.१ लाई अपाङ्गता रोकथाम तथा अपाङ्गता पुनस्र्थापनाको क्षेत्रमा उदाहरणीय प्रदेशको रुपमा स्थापित गर्दै समावेशी समाजको निर्माण गर्ने अपेक्षा लिइएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.