Websoft University
Latest Post


बिराटनगर | जिल्ला मोरङ बिराटनगर 
महानगरपालिका वडा नं.--१३ जतुवा नहर छेउमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली झोला मा बोकी ल्याउदै गरेको औषधीहरु OKERON-३६४ पिस, Mycofit-२ डब्बा, Gassanol-२ डब्बा समेत गरी अन्दाजी रू. ३,२१,४२४।–(तिन लाख एक्काईस हजार चार सय चौबिस) बराबरको औषधी सि.आर.भी. जतुवाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ उक्त औषधीहरु सोही ठाउमा छोडी मानिस फरार भएको हुँदा आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगर मोरङमा बुझाईएको छ |


विराटनगर ÷ आरयुडीपी प्रोजेक्टअन्तर्गत विराटनगर महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जीआइएस हाउस नम्बरिङ सिस्टम) कार्यान्वयनका लागि घर नम्बर राख्न सुरु गरेको छ ।

महानगरले सहरीकरणसँगै घर संख्या बढ्दो अवस्थामा रहेका कारण मेट्रिक ठेगाना प्रणाली कार्यन्वयनमा ल्याएको हो । यो प्रणालीले नगरवासीको घर पहिचान सहज बनाउनेछ । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले आइतबार जीआइएस हाउस नम्बरिङ सिस्टमको प्रारम्भ गर्नुभयो । नमुनाका रुपमा पहिलो चरणमा ६७ घरमा नम्बरिङ गरिनेछ । विराटनगरका आसपासका मुख्य बजार क्षेत्रमा नम्बरिङ गरिने महानगरपालिकाले जनाएको छ । निकट भविष्यमा अन्य स्थानमा पनि नम्बरिङ कार्यान्वयन गराउने कार्यबाहक मेयर कार्कीले बताउनुभयो ।

एडीबीको सहयोगमा सञ्चालन भएको आरयूडिपी परियोजनाअन्तर्गत छुटेको काम अहिले कार्यन्वयनमा आएको महानगरपालिका इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । यसलाई क्रमशः सबै वडामा विस्तार गर्ने लक्ष्य राखिएको छ । यो प्रणालीमा मुख्य त सडकको दूरीलाई आधार बनाउने गरिन्छ । सडक÷गल्लीको नाम र दुरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले पहिचानमा सहज हुने भएको हो । घरसँग जोडिएको सडकको सुरुको बिन्दुदेखि घरको मूल ढोकासम्मको दुरी घरको नम्बर प्लेटमा राखिनेछ ।

बाटोको सुरुको बिन्दुबाट मिटरको आधारमा दाँयापट्टी जोर नम्बर बाँया पट्टी बिजोर नम्बर दिइनेछ । कर व्यवस्थापनका लागि महानगरलाई सहज हुनेछ । वैज्ञानिक प्रणालीअन्तर्गत घर नम्बर पत्ता लगाउन पनि सहज हुनेछ । सडकको चोक तथा मिलन बिन्दु (दोबाटो–चौबाटो) देखि कुनै निश्चित घरको दूरीका आधारमा ठेगाना पत्ता लगाउन सकिने प्रणालीलाई मेट्रिक प्रणाली भनिन्छ ।

कार्यबाहक मेयर कार्कीले महानगरसँगै जोडिएको विराटनगर–७ का देवकीनन्दन अग्रवालको घरमा पहिलो नम्बर टाँस गरेर यसको शुभारम्भ गर्नुभयो । योसँगै रोडशेषलाई मिनल बिन्दु मानेर मेन रोडका घरहरूमा दूरीका आधारमा घर नम्बर टाँस गरिनेछ । यसमा बाटो–गल्ली–टोल नाम उल्लेख हुनेछ । यसले भविष्यमा स्मार्ट सिटीका रुपमा विकास गर्नसमेत सहयोग पुग्ने कार्यबाहक मेयर कार्कीले जानकारी दिनुभयो । त्यसबाहेक कर तथा राजस्व, नागरिकको स्तर बर्गिकरण, विपद् आईपर्दा द्रुत सेवा सञ्चालन, गरिबी पहिचान, पूर्वाधार पहुँच लगायतको विषय जानकारी हुन सजिलो हुनेछ ।


बिराटनगर २०८० असोज १९ गते | शुक्रबार कोशी प्रदेशका विभिन्न उद्योग वाणिज्यबाट मोरंग व्यापार संघमा पाल्नु भएका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री दिपक नेपालज्यू, दमक उद्योग वाणिज्य संघका अध्यक्ष श्री गोपाल गुरागाईज्यू, ताप्लेजुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष श्री नारायण थापाज्यू, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष श्री नवराज घिमिरेज्यू, उर्लाबारी उद्योग वाणिज्य संघका उपाध्यक्ष श्री जंग बहादुर कार्कीज्यू लगायत प्रतिनिधिज्यूहरुलाई संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यूले स्वागत गरी भेटघाट गर्नु भएको छ । वहाँहरुको स्वागतमा आयोजित सो कार्यक्रमलाई संघका सचिव श्री संजय श्रेष्ठज्यूले संचालन गर्नु भएको थियो भने कार्यक्रममा संघ वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठीज्यू, उपाध्यक्ष ९वाणिज्य० श्री अनिल कुमार साहज्यू, का।का।सदस्य श्री सुशिल सुरानाज्यू लगायतको उपस्थिति रहेको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.