Websoft University
Latest Post


काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको कमिटी गठन गरिएको छ । निक ट्राभलमा भएको भेलाले विपिन कुमार गुरुङको संयोजकत्वामा राष्ट्रिय समन्वय परिषद् गठन गरिएको हो ।  

भेलालाई सम्बोधन गर्दै एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष विनोद कुँवरले संस्थामा देखा परेको समस्या समाधानको लागि आफूले निकै पहल गरेको तर अर्को पक्ष पन्छिएपछि कमिटी गठन गर्नुपरेको बताए । 
“संस्थाभित्रको समस्या समाधानको लागि हामीले निकै पहल गरेका थियौँ तर अर्को पक्ष तयार भएन । कोरियामा रहेका नेपालीहरुको हक अधिकारको पक्षमा लड्न कमिटी गठन गरिएको हो” कुँवरले भने । उनले कोरियामा रहेका नेपालीहरुको हक अधिकार र सन् २००६ मा गठन भएको संस्थाको निरन्तरताको लागि कमिटी गठन आवश्यक भएको बताए । 
लामो समयसम्म नेतृत्व गरेका कुँवरले स्थापनकालदेखि हालसम्म एनआरएनए कोरियाको अभिभावकत्व गर्दै आएका छन् । 
भेलाले परिषद्का उपाध्यक्षमा महेश बजागाई, जित कुँवर तथा महासचिवमा प्रशान्तराज बानियाँ, सचिवमा अवदेश राज चौरासिया, सहकोषाध्यक्षमा मदन गौतम, युवा संयोजकमा अजय सोडारी, महिला संयोजकमा सोरी रानाभाट चयन गरेको छ । 
यसैगरी सदस्यहरुमा युवराज गौतम, नरेश शर्मा, अविरल राम वुढाथोकी, विमला सुनुवार र गोबिन्द पोखरेल चयन भएका छन् ।
त्यस्तै भेलामा अन्तर्राष्ट्रिय समन्वय परिषद् सचिव जुनु गुरुङले नव निर्वाचित समितिलाई बधाई दिँदै एनआरएनएको निरन्तरताको लागि कमिटी गठन भएको बताइन् । 
प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएको सहमति बद्री केसी समूहले कार्यान्वयन नभएपछि एनआरएनएको एकता भाडिएको थियो । केसी समूहले सहमतिलाई लत्याउँदै अघि बढेपछि आफूहरु कमिटी गठन गर्दै कुँवर पनि अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । 


विराटनगर ÷ विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभपहुँचकालागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल जानका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले मंगलबार एक समारोहका बीच एम्बुलेन्स सेवाको शुभारम्भ गर्नुभयो । महानगर क्षेत्रभित्र बसोबास गर्ने संस्थागत प्रसूतिका लागि एम्बुलेन्स सेवा निःशुल्क हुनेछ । त्यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रातो र निलो कार्ड प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिका साथै न्यून आय भएका महानगरवासीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने कार्यबाहक मेयर कार्कीले जानकारी दिनुभयो ।

दुईवटा एम्बुलेन्समार्फत सेवा प्रदान गरिनेछ । त्यस्तै लक्षित व्यक्तिबाहेक विराटनगर क्षेत्रभित्र एम्बुलेन्स सेवा प्रयोग गरेबापत अन्यलाई ३ सय रुपैयाँ शुल्क तोकिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताउनुभयो । विराटनगर बाहिरबाट बिरामी ल्याउनका लागि प्रयोग नगरिने उहाँको भनाइ थियो ।

 विराटनगर बाहिर बिरामी लानु परेमा जिल्ला एम्बुलेन्स सेवा शुल्क निर्धारण समितिले प्रस्ताव गरेबमोजिम सेवा शुल्क लाग्नेछ । महानगरले रानी अस्पताल, वैजनाथपुर अस्पताल, कोचाखाल स्वास्थ्य केन्द्रलगायतका स्थानबाट महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । मेयर नागेश कोइरालाले कार्यभार सम्हालेदेखि नै स्वास्थ्य र शिक्षा सेवालाई विशेष प्राथमिकतामा राख्दै आउनुभएको छ ।

 


अष्ट्रिया | अष्ट्रियाको साल्ज्ब्रुगमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) विजयी भएको छ ।

गण्डकी साल्ज्ब्रुगलाई ३–१ को सोझो सेटमा हराउँदै एनईएससी विजयी भएको हो । समाजसेवी एवं व्यवसायी कृष्ण विश्वकर्माको संयोजनमा भएको प्रतियोगिता ऐतिहासिक र स्मरणीय भएको एनईएससीका अध्यक्ष दिलकुमार घमालले प्रतिक्रिया दिए । आपसी भाइचारा अभिवृद्धि गर्दै अष्ट्रियामा रहेका नेपालीहरूलाई भावनात्मक रुपमा जोड्नका लागि नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) र साल्ज्ब्रुगबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको हो ।

साल्ज्ब्रुगमा भएको प्रतियोगितामा एनईएससीबाट खेम विश्वकर्मा, दिलकुमार घमाल, रोहित विश्वकर्मा, प्रेम रसैली, गर टेम्बा शेर्पा, एल्विन हुवामन, अमृत तिवारी, अञ्जल अधिकारी, राजु विश्वकर्मा, सुनिल दियाली, रावत विजय पलले सहभागिता जनाएका थिए । प्रतियोगिताका लागि टोलीको प्रबन्धकका रुपमा पासाङ निग्मा शेर्पाले जिम्मेवारी पूरा गरे ।  सन् २०२० मा स्थापित संघको सल्लाहकारमा समाजसेवी एवं व्यवसायी विकास कार्की, अंग कामी शेर्पा, कृष्ण विश्वकर्मा, मिग्मा शेर्पा रहेका छन् ।

संघले युरोपमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ स्थापित संघले यसअघि पनि युरोपका विभिन्न स्थानमा भएका प्रतियोगिताहरूमा सहभागिता जनाइसकेको छ । युरोपमा रहेका नेपालीहरूलाई भावनात्मक रुपमा जोड्नका लागि प्रतियोगिता गरिएको खेल संयोजक कृष्ण विश्वकर्माले बताए । “हार्नु–जित्नु आफ्नो ठाउँमा छ तर यो प्रतियोगिताले अष्ट्रियामा रहेका नेपालीलाई भावनात्मक रुपमा जोडेको मैले पाएँ,” अध्यक्ष घमालले भने, “खेलकुदले साँच्चिकै टुक्रिएका मानिसका मनलाई पनि जोड्दो रहेछ ।”

एनईएससीका सल्लाहकार विकास कार्कीले पनि मैत्रीपूर्ण खेल अत्यन्तै उत्कृष्ट र स्मरणयोग्य रहेको प्रतिक्रिया दिए । उनले आगामी दिन अन्य प्रतियोगितामा सहभागिता जनाउन अझै हौसला प्राप्त भएको बताए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.