Websoft University

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा एनईएससी विजयी


अष्ट्रिया | अष्ट्रियाको साल्ज्ब्रुगमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) विजयी भएको छ ।

गण्डकी साल्ज्ब्रुगलाई ३–१ को सोझो सेटमा हराउँदै एनईएससी विजयी भएको हो । समाजसेवी एवं व्यवसायी कृष्ण विश्वकर्माको संयोजनमा भएको प्रतियोगिता ऐतिहासिक र स्मरणीय भएको एनईएससीका अध्यक्ष दिलकुमार घमालले प्रतिक्रिया दिए । आपसी भाइचारा अभिवृद्धि गर्दै अष्ट्रियामा रहेका नेपालीहरूलाई भावनात्मक रुपमा जोड्नका लागि नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) र साल्ज्ब्रुगबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको हो ।

साल्ज्ब्रुगमा भएको प्रतियोगितामा एनईएससीबाट खेम विश्वकर्मा, दिलकुमार घमाल, रोहित विश्वकर्मा, प्रेम रसैली, गर टेम्बा शेर्पा, एल्विन हुवामन, अमृत तिवारी, अञ्जल अधिकारी, राजु विश्वकर्मा, सुनिल दियाली, रावत विजय पलले सहभागिता जनाएका थिए । प्रतियोगिताका लागि टोलीको प्रबन्धकका रुपमा पासाङ निग्मा शेर्पाले जिम्मेवारी पूरा गरे ।  सन् २०२० मा स्थापित संघको सल्लाहकारमा समाजसेवी एवं व्यवसायी विकास कार्की, अंग कामी शेर्पा, कृष्ण विश्वकर्मा, मिग्मा शेर्पा रहेका छन् ।

संघले युरोपमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ स्थापित संघले यसअघि पनि युरोपका विभिन्न स्थानमा भएका प्रतियोगिताहरूमा सहभागिता जनाइसकेको छ । युरोपमा रहेका नेपालीहरूलाई भावनात्मक रुपमा जोड्नका लागि प्रतियोगिता गरिएको खेल संयोजक कृष्ण विश्वकर्माले बताए । “हार्नु–जित्नु आफ्नो ठाउँमा छ तर यो प्रतियोगिताले अष्ट्रियामा रहेका नेपालीलाई भावनात्मक रुपमा जोडेको मैले पाएँ,” अध्यक्ष घमालले भने, “खेलकुदले साँच्चिकै टुक्रिएका मानिसका मनलाई पनि जोड्दो रहेछ ।”

एनईएससीका सल्लाहकार विकास कार्कीले पनि मैत्रीपूर्ण खेल अत्यन्तै उत्कृष्ट र स्मरणयोग्य रहेको प्रतिक्रिया दिए । उनले आगामी दिन अन्य प्रतियोगितामा सहभागिता जनाउन अझै हौसला प्राप्त भएको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.