Websoft University
Latest Post


झापा, असोज १५ गते । झापाको भद्रपुर नगरपालिका(४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका(२ का ३५ बर्षीय जफिर आलम, देश भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासाका २९ बर्षीय मो।जुबेर रहेका छन् । आज बिहान उनिहरुले मे ११ प ४३०७ नम्बरको ँश् मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा प्रहरी चौकी महेशपुर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकालागी उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त मोटरसाईकल बिर्तामोड नगरपालिका(४ मेघावारी बाट चोरी गरी ल्याएको खुल्न आएको छ भने घटना सम्बन्धमा वडा प्रहरी कार्यालय भद्रपुरबाट थप आवश्यक अनुसन्धान भईरहेको छ ।


 


बिराटनगर |  उद्योग संगठन मोरङले नविन व्यवसायिक सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न आवश्यक प्राविधिक एवं व्यवसायिक विकास सेवाहरु, वित्तिय एवं अन्य लगानीको पहुँचका लागी सहजिकरण तथा समन्वय गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत तेश्रो व्याचका लागी स्टार्टअपको आवेदन आब्हान गरिएकोे छ । २०८० कार्तिक १५ गतेसम्म अनलाईन आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ । अनलाइन आवेदन फारम संगठनको वेवासाइटधधध।अष्m।यचन।लउ बाट लनइन गरि प्राप्त गर्न सकिने छ ।

नमुना कार्यक्रमका रुपमा कार्यान्वयन गरिएको कार्यक्रमको पहिलो र दोश्रो चरणका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन । कार्यक्रम अन्तरत स्टार्टअप व्यवसायहरुलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना, बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासंग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न बिषयगत कार्यक्रमहरु आयोजना गरि परामर्श सेवा उपलब्ध गराइएको थियो । पहिलो र दोश्रो व्याचमा गरि ३० जना स्र्टाटअपहरु ग्राजुएशन भइसकेका छन  ।

बिगत २ बर्षमा स्टार्टअप उद्यमीहरुलाई व्यवसायिक विकासका सेवाहरु प्रदान गर्न ४ जना बिजनेश कोच तथा १५ जना मेन्टरर्सहरुको क्षमता अभिबृिद्ध गरिएको छ । स्टार्टअप उद्यम व्यवसायलाई आवश्यक पर्ने पूँजिको सहजिकरणका लागी बिराटनगर एञ्जल इन्भेष्टर्स नेटवर्क स्थापना गरिएको छ । २४ जना लगानीकर्ताहरु आवद्ध यस नेटवर्कले पूँजी आवश्यक पर्ने व्यवसायी सम्भावना उच्च भएका स्टार्टअपहरुमा लगानी गर्नुहुने छ ।

 विगत बर्षको अनुभवहरुबाट सिक्दै थप प्रभावकारीरुपमा आगामी कार्यक्रम सञ्चालन गर्न २० जना स्टार्टअप व्यवसायहरु रहने गरि तेश्रो व्याचका लागी आजैबाट प्रस्ताव आब्हान गरि कार्यक्रमलाई निरन्तरता दिइएको छ । कार्यक्रम कार्यान्वयनका लागी प्रदेश सरकार, बिराटनगर महानगरपालिका, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा प्रा.ली, नेपाल युवा उद्यमी मञ्च, नेपाल चार्टर एकाउण्टेन्ट्स संघ लगायतका संस्थाहरुसंगको सहकार्य गरिएको छ भने आवश्यकताका आधारमा अन्य संघ संस्था तथा सरोकारवालाहरुसंग क्रमशः सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिने छ ।  

 दश महिना अवधी रहने तेश्रो चरणको कार्यक्रममा नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्नेछन । यो कार्यक्रमले नविन व्यवसायीक अवधारणा, स्तरोन्नती तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, महिला उद्यमीहरु, बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको आइडियालाई बिशेष ग्राह्यता दिईने गरि प्राथमिकता निर्धारण गरिएको छ ।

स्टार्टअप व्यवसायको प्रवर्धन र विकासका लागी सरकार, अनुसन्धानमुलक संस्थाहरु एवं नीजि क्षेत्र बिच समन्वय गरि बिराटनगरलाई स्टार्टअप व्यवसाय विकासको हबका रुपमा विकास गर्दै व्यवसाय विकासका व्यवस्थापकिय एवं प्राविधिक सेवाहरुको दिगो इकोशिष्टमको जग बसाल्ने लक्ष्यका साथ सञ्चालन गरिएको नमुना कार्यक्रमको सफलतापूर्वक कार्यान्वयनमा सहयोग गर्नुहुने सबै सरोकारवाला पक्षहरु, साझेदार संस्थाहरु, मेन्टर तथा परामर्शदाताहरु र मिडिया क्षेत्र सबैमा हार्दिक धन्यबाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्दछौ । अन्त्यमा, कार्यक्रमको बारेमा सूचना प्रचार प्रसार गरि नयाँ नयाँ प्रतिभाहरुलाई कार्यक्रमसंग जोडिन मद्दत गरिदिने अपेक्षा गर्दै कार्यक्रममा सहभागिताका लागी हार्दिक धन्यबाद ज्ञापन गर्दछौ ।

 


काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको सन्दर्भमा जाने बुझे जति काम गरिरहेको भन्दै यस्तो कामलाई प्रभावकारी बनाउन सहकार्यकासाथ अगाडि बढ्न तयार रहेको बताए ।

उनले राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपाललाई आगामी वर्ष यस्तै खालको काम गर्दा महानगरसँग सहकार्य गर्न आग्रह पनि गरे । उनले भने, ‘ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि जाने बुझे जतिकाम गरिरहेको छ । अझै पुगेको छैन । त्यसको लागि तपाईहरुसँग केही उपाय छ भने लिएर आउनुस्, त्यसलाई कार्यान्वयन गर्ने छौं ।’

त्यस्तै एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतमले आजको कार्यक्रम निक्कै नै प्रभावकारी भएको बताए। ‘ज्येष्ठ नागरिक केहि गर्न सक्दैनन् भन्नेलाई हामी पनि अझै केहि सक्रिय छौं भन्ने सन्देश आजको फोटो प्रदर्शनीले दिएको छ, यस्ता खालका कार्यक्रम आगामी दिनमा पनि निरन्तर गर्दै जाने छौं ।’ उनले भने।

कार्यक्रममा जेष्ठ नागरिकको दैनिकी, मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी राखिएको कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले बताए । प्रदर्शनीमा राखिएको तस्वीरहरुले नयाँ पुस्तामा उत्साह जगाउनको साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म राखिएको फोटो प्रदर्शनीमा देशभरका ४० फोटो पत्रकारले खिचेका ६२ ओटा फोटो राखिएको कार्यक्रम संयोजक गणेश बिष्टले जानकारी दिए । राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्द्धनात्मक फोटोहरु प्रदर्शनी आयोजना गर्दै आएको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.