Websoft University
Latest Post


बिराटनगर जेठ १५ गते । रातो तारा डट कम, नेपाली जनताको ऐतिहासिक जित भएको विशेष दिनका रुपमा आज १५ औं गणतन्त्र दिवस मनाइरहँदा म  देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । तत्कालीन समयमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको ‘गणतन्त्र’ जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल हो । म यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिनुहुने महान शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । 

लामो र ऐतिहासिक संघर्षको बलमा हाँसिल गरिएको गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको छ । मुलुक गणतन्त्रसँगै संघीय शासन प्रणालीमा रुपान्तरित भएको छ । भर्खरै स्थानीय तहको एक कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि मुलुकभर एकसाथ निर्वाचन सम्पन्न भएको छ । नेपाली जनताले यो निर्वाचनमार्फत संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो अभिमत प्रकट गरेका छन् । यस निर्वाचनमार्फत नेपाली जनताले नेपालको राजनीतिक स्थीरता र समृद्धिको पक्षमा आफ्नो मत जाहेर गरेका छन् । अग्रगामी समाज निर्माणका लागि नेपाली जनताले प्रकट गरेको यो अभिमतप्रति हार्दिक आभार प्रकट गर्दछु ।

यसरी संविधानद्वारा संरक्षित लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिमा व्यवहारिक रूपमा नै क्रमशः संस्थागत हुँदै गइरहेको छ । स्थानीय तहको निर्वाचनले लोकतन्त्रको जगलाई थप मजबुत र संस्थागत गर्न मद्दत पु¥याएको छ । म भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित हुनुहुने सबै जनप्रतिनिधिज्यूहरूलाई बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।

अन्त्यमा, गणतन्त्र दिवस २०७९ को अवसरमा संविधानको मर्म र भावनाअनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा थप उत्साह र प्रेरणा मिलोस् भन्दै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा १५ औं गणतन्त्र दिवसको पुनः हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । 

राजेन्द्रकुमार राई

मुख्यमन्त्री

मिति ः २०७९ ज्येष्ठ १५ गते, आइतबार



मोरङ। रातो तारा डट कम,  मोरङको सुन्दरहरैँचा नगरपालिकामा कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन्।चयन भएका आठ जना उम्मेदवार नै नेकपा एमाले तर्फबाट रहेका छन् । बिहिबार नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृतका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकबाट उम्मेदवारी परेको थियो ।सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ कि दुर्गा पोखरेल वडा नम्बर ६ कि टुनाकुमारी बिक, वडा नम्बर ७ कि सिता अधिकारी, वडा नम्बर ९ कि रुकमणि घिमिरे र वडा नम्बर १० कि बबिता खापुङ्गको उम्मेदवारी परेको थियो ।दलित तथा अल्पसङ्ख्यकबाट वडा नम्बर १ का दयाराम खवास वडा नम्बर ३ का अजम्बर राई र वडा नम्बर ६ कि आनन्द कुमारी लिंखाले उम्मेदवारी दिएका थिए ।शनिबार नगरपालिकामा नयाँ चयन भएका सदस्यहरुलाई प्रमाण पत्र वितरण गरी सपथ ग्रहण गराइएको थियो।


विराटनगर जेठ १४ गते । रातो तारा डट कम, विराटनगरका उद्योगी व्यवसायीहरुले महानगरपालिकाभित्रको भ्रष्टाचारलाई अन्त्य गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । 

नेपाल उद्योग परिसंघ प्रदेश–१ ले आयोजना गरेकोे स्वागत कार्यक्रममा महानगरको भ्रष्टाचार, ढिलासुस्ती, अनियमिता अन्त्य गर्न उद्योगीहरुले सुझाव दिएका हुन् । कार्यक्रममा  परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले विराटनगर महानगरपालिकाका कर्मचारी क्रोनिक, असहयोगी र  भ्रष्ट भएकाले सचेत रहन जनप्रतिनिधिहरूलाई सुझाव दिए । 

उनले कवाडी करका रुपमा अनावश्यक कर लिने गरेको, विराटनगर महानगरपालिकाका ढूवानीका सवारीसाधनलाई ढुवानीका सामान लोड अनलोड हुने स्थानको अभाव रहेकाले समस्या भइरहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । घिमिरेले विराटनगरको सौन्दर्यीकरणका लागि विराटनगरको बरगाछी दक्षिणको भागमा परिसंघ हरियाली प्रबद्र्धन र सौन्दर्यीकरणका लागि सहयोग गर्न तयार रहेको बताए । उनले सडकको डिभाइडरमा बोट विरुवा लगाउने र शहरमा हरियाली प्रबद्र्धनका लागि निजी क्षेत्र सहयोग गर्न तत्पर रहेकोस्पष्टपारे । कार्यक्रममा  नेपाल उद्योग परिसंघ प्रदेश १ को कार्यसमितिका पदाधिकारीहरूले विराटनगर महानगरपालिकालाई भ्रष्टाचारमुक्त महानगर बनाउन नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे । सो अवसरमा उद्योगी उद्धव रिजाल, देवेन्द्र अग्रवाल, राकेश सुरानालगायतले महानगरमा कर्मचारीतन्त्र हाबी भएको बताउँदै भ्रष्ट कर्मचारीलाई शाखा परिवर्तन गर्न सुझाव दिएका थिए ।  

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा उद्योगको प्रबद्र्धनका लागि ‘मेड इन विराटनगर’ अभियान चलाएर विराटनगरका उद्योगीहरूलाई सहयोग गर्न महानगरपालिका तत्पर रहेको बताए । उनले खानेपानीको समस्या समाधानका लागि जाइकासँग सम्झौता भएर कार्यान्वयनमा जान लागेको जानकारी दिनुभयो । उहाँले विराटनगरको डुवानको समस्या समाधान गर्न सिंगिया र केशलीया खोलाको दुबैतर्फ तटबन्ध बाँध्ने योजना अघि बढाइने स्पष्ट पार्नुभयो । 

त्यसैगरी  कार्यक्रममा उपमेयर शिल्पा कार्कीले सबैको साझा चाहना विराटनगर बनाउने भएकाले व्यक्तिगत स्वार्थ नराखी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विराटनगरको विकासका लागि मास्टर प्लान बनाएर व्यवस्थित विराटनगर बनाउने बताउनुभयो । 

उहाँले जसरी भए पनि यो वर्ष विराटनगर डुवानमा पर्न हुँदैन भनेर जनप्रतिनिधिहरूले विज्ञहरू, महानगरपालिकाका कर्मचारीहरूलगायतसँग छलफल थालिसकेको जानकारी दिनुभयो । कार्यक्रममा विराटनगर वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष न्यौपाने, विराटनगर २ का वडाअध्यक्ष कुमार पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष वासु बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापालगायतलाई नेपाल उद्योग परिसंघ प्रदेश १ का पदाधिकारीहरूले स्वागत गर्दै बधाई तथा कार्यसफलताको शुभकामना दिएका थिए । 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.