Websoft University
Latest Post


काठमाण्डौ जेठ १४ गते । रातो तारा डट कम,बैशाख ३० गते स्थानिय तहको चुनाव सकिने बितिकैसरकारको निर्देशनमा इन्धनको मुल्य अत्यधिक बढाएको थियो ।  उपभोक्ता सरकारको चर्को बिरोध र आलोचना गरे पनि सरकारले पेट्रोल र डिजेलको मूल्य समायोजन गर्ने अहिले तयारी गरेको छ । पेट्रोलियम पदार्थमा लगाईँदै आएको पूर्वाधार कर र भन्सार करको दर घटाएर १० रूपैंयासम्म मूल्य सामायोजन गर्ने विषयमा मन्त्री परिषदले निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माको सचिवालयले जनाएको छ । सरकारले पेट्रोल र डिजेलमा पूर्वाधार कर वापत १० रुपैयाँ र भन्सार कर वापत २५ रुपयाँ लिँदै आएको छ । दुवै किसिमका करबाट ५÷५ रूपैंया घटाउने गरि निर्णय भएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । यसो गरे सरकारलाई मासिक चार अर्व राजश्व गुम्ने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ । पेट्रोलियम पदार्थमा लगातार मुल्यवृद्वि भईरहेको भन्दै नागरिकहरुले सरकारको चर्को बिरोध गर्दै आएका छन ।



काठमाण्डौ जेठ १४ गते । रातो तारा डट कम, अहिले प्रदेश सरकारहरूले पनि बजेट तथा कार्यक्रम बनाउन थालिसकेका छन् । कानुनी व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट र आफना भाबि कार्यक्रम सार्वजनिक गर्नुपर्छ । चालू आर्थिक वर्षको लागि ३२ अर्बको बजेट ल्याएको प्रदेश १ सरकारले आउँदो आर्थिक वर्षको लागि बजेटको आकार बढाउदै करिव ३५ अर्बसम्म पु¥याउने तयारी गरिरहेको बुझिएको छ । अहिले मन्त्रालयगत छलफल सकेर सरोकारवाला विज्ञ र स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल चलिरहेको छ । यो वर्षको बजेटमा कृषि, पर्यटन, पुर्वाधार विकाससँगै सहकारी क्षेत्र प्राथमिकतामा पर्ने प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता पुण्यप्रसाद रिजालको भनाइ छ ।



काठमाण्डौ जेठ १४ गते । रातो तारा डट कम, राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबारको संसद् बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । आज नीति तथा कार्यक्रम पारित गरेर भोलि बजेट ल्याउने सरकारकोतयारी भइरहेको छ । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रममाथिका बिषयहरुमा छलफल समेत जारी रहने समेत समचारमा उल्लेख गरिएको छ । त्यसका लागि दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको छ । प्रि बजेटमाथि संसदमा छलफल भइसकेको छ । सांसदहरुका सुझाव समेटेर अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नुहुनेछ । राष्ट्रियसभाको हिजो बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरिसकेको छ ।


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.