Websoft University
Latest Post


 सुनसरी । रातो तारा डट कम,इटहरी उपमहानगरपालिकाले अटिजम भएका वालवालिका अध्यन गर्ने भिन्न प्रतिभा वालवालिका हेरचाह समूह इटहरी ९ लाई पाँच लाख मूल्य वरावरका विभिन्न समाग्री प्रदानगरेकोछ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी,उपप्रमुख लक्ष्मी गौतम र प्रमुख प्रशासकीय अघिकृत रामचरित्र मेहताले विभिन्न ३७ प्रकारका समाग्री भिन्न प्रतिभा वालवालिका हेरचाह समूह इटहरी ९ का अध्यक्ष टंक कुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । सुत्ने वेड,हिवल चेयर,खेल्ने समाग्रीहरु,साइकल,एक्सरसाइज गर्ने समाग्रीहरु,कुर्सी,किताव लगायत प्रदान गरिएको हो । इटहरी उपमहानगरपालिकामा संचालित अपांगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत ती समाग्रीहरु प्रदान गरिएको हो ।इटहरी उपमहानगरपालिकाले विभिन्न अत्यावशकीय समाग्री प्रदान गरेकोमा समूहका अध्यक्ष श्रेष्ठले खुशी ब्यक्त गर्नुभयो । अटिजम भएका वालवालिकाका अविभावकले संचालन गरेको सो अध्यन समूहमा २२ जना वालवालिका अध्यनरत छन ।


बिराटनगर, चैत्र १८ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ र मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका झापा कन्काई नगरपालिका-३ का ३० बर्षीय अरुण प्रधानलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को.२५ प ७६५८ नम्वरको मोटरसाईकलमा भारत जोगवनीबाट नेपाल तर्फ आउदै गरेका सुनसरी इटहरी-४ का ४० बर्षीय राजेन्द्र के.सि.लाई ७ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

 


सुनसरी । रातो तारा डट कम, इटहरी वडा नम्वर १९ को वडा कार्यालय भवन उदघाटन   गरिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले नवनिर्मित दुईतले भवन उदघाटन गर्नुभयो । उहाँले आफूहरुको कार्यकालमा भौतिक पूर्वाधार निर्माण तर्फ उल्लेख्य काम भएको वताउनुभयो । उहाँले आफू जनप्रतिनिधिका रुपमा जस्तो आएको त्यस्तै फर्कने जनाउदै जनप्रतिनिधि रहेपनि नरहेपनि इटहरीको विकासमा योगदान रहिरहने जानकारी दिनुभयो । उपप्रमुख लक्ष्मी गौतमले इटहरी इटहरीमा पाँच वर्षको अवधिमा दुईसय किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको जानकारी दिनुभयो । यसैगरी ६५ किलोमिटर ब्लक ओछयाएर सडक  वनाइएको सुनाउनुभयो । वडाध्यक्ष श्री नारायण चौधरीले वडा नम्वर १९ मा उल्लेख्य विकास भएको वताउनुभयो । उहाँले आजै देखि आफूले वडा कार्यालय भवनवाटै सेवा दिन सुरु गर्ने वताउनुभयो कार्यक्रममा वडा कार्यालय आउने वाटोमा चारधुर जग्गा प्रदान गर्ने जय वहादुर पुरी र जब्दि माविका प्रअ खेमनाथ गुराँगाई पनि वोल्नुभयो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.