Websoft University

इटहरी वडा नम्वर १९ को वडा कार्यालय भवन उदघाटन

 


सुनसरी । रातो तारा डट कम, इटहरी वडा नम्वर १९ को वडा कार्यालय भवन उदघाटन   गरिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले नवनिर्मित दुईतले भवन उदघाटन गर्नुभयो । उहाँले आफूहरुको कार्यकालमा भौतिक पूर्वाधार निर्माण तर्फ उल्लेख्य काम भएको वताउनुभयो । उहाँले आफू जनप्रतिनिधिका रुपमा जस्तो आएको त्यस्तै फर्कने जनाउदै जनप्रतिनिधि रहेपनि नरहेपनि इटहरीको विकासमा योगदान रहिरहने जानकारी दिनुभयो । उपप्रमुख लक्ष्मी गौतमले इटहरी इटहरीमा पाँच वर्षको अवधिमा दुईसय किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको जानकारी दिनुभयो । यसैगरी ६५ किलोमिटर ब्लक ओछयाएर सडक  वनाइएको सुनाउनुभयो । वडाध्यक्ष श्री नारायण चौधरीले वडा नम्वर १९ मा उल्लेख्य विकास भएको वताउनुभयो । उहाँले आजै देखि आफूले वडा कार्यालय भवनवाटै सेवा दिन सुरु गर्ने वताउनुभयो कार्यक्रममा वडा कार्यालय आउने वाटोमा चारधुर जग्गा प्रदान गर्ने जय वहादुर पुरी र जब्दि माविका प्रअ खेमनाथ गुराँगाई पनि वोल्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.