Websoft University
Latest Post

शिव भट्टराई,मोरङ । रातो तारा डट कम,नेपाली जनचेतनामुलक छोटो चलचित्र मास्कको छायाङ्कन सकिए सँगै आज युट्युवमा सार्वजनिक भएको छ।ठूलो टिभि युट्युब च्यानल बाट सार्वजनिक भएको यस छोटो चलचित्र ‘मास्क‘ को सुनसरीका विभिन्न  स्थानमा छायांकन भएको छ। 

स्थानीय कलाकारहरु शिव भट्टराई भोजपुरे, मिलन ढकाल, भावना भट्टराई, सागर अधिकारी ,प्रशान्त घिमिरे, सुरज तिम्सिना ,ऋतु राई, बाल कलाकार सुरभि भट्टराई लगायतको अभिनय रहेको यस चलचित्रका कथा लेखन / निर्देशन होम पि भट्टराईले गरेका हुन्। उनले यस अघि पनि उध्देश्य , उध्देश्य दुई , साईत बिग्रियो , खुरापाते काजि , कोहि भन्दा कोहि कम छैन,घृणा जस्ता विभिन्न चलचित्र उनकै कथा लेखन निर्देसनमा निर्माण भैसकेका छन् भने निर्देसक भट्टराईले ठुला पर्दाका चलचित्रहरु ड्रिम गर्ल , गोल , फेक फ्रेन्ड , जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् ।

यस जनचेतनामुलक छोटो चलचित्र
‘ मास्क ' मा अहिले विश्व कोरोना भाइरसको कारणले आक्रान्त भइरहेको समयमा मास्कको महत्वको विषयमा चित्रण गरिऐको भट्टराईले बताएका छन्। यस चलचित्रका निर्माता सुमन भट्टराई रहेका छन् त्यसैगरी यस चलचित्रको छायांकन साथै सम्पादन विजय राईले गरेका छन्।


मोरङ्ग लेटाङ्ग नपा -३ चिसाङ्ग खोलामा ढुङ्गा उठाउँदै गरेको अवस्थामा ईप्रका लेटाङबाट खटिएको प्रहरी टोलीले को २ त ८५९३ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिई ईप्रका लेटाङ्गमा ल्याई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाउने पहल भई रहेको ।



काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन डोरो बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । यसैबीच सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामाजिक संजालमा एकाएक भाईरल भएका छन । उनको २ बर्षिय छोरा बिकासलाई पिठियुंमा सर्टले बेरेर बोकी काम गर्न हिंडेको तस्बिर भाईरल भएको हो । खेलकुदमा ताईकाण्डोका ३ डन समेत रहेका बिक लकडाउन मा परिवारले छाडेपछी एक्लै भएका हुन र आफ्नो छोरा बिकास सँगै राखेका छन । घरका पारिवारिक झगडाले श्रीमतीले छाडेर गएको बताए। 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.