Websoft University
Latest Post



काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,कोरोना भाइरसको औषधी घरको मुल ढोकामा खन्दा भेटिने भनेर अफवाह फैलाउने व्यक्तिको प्रहरीले खोजी सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशमा सबैको घरको मूख्य दैलोको दाँयाँपट्टी कालो कोईला जस्तो बस्तु भेटिने बस्तुलाई तिलकको रुपमा निधारमा लगाएपछि कोरोना भाइरस ठीक हुने भनेर गरिएको हल्ला एकाएक सुदूरपश्चिम प्रदेशभरि फैलिएको थियो । हल्ला पत्याएर अधिकांशले दैलोको दाँयाँपट्टी खनेका थिए । कारोनाको संन्त्रास भएको बेला यस्तो गलत प्रचार गर्ने ब्यक्तीको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलिपसिं देउवाले बताउनुभयो । 




काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,माघ १५ गतेदेखि बन्द चीनतर्फका रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका हिजोबाट खुला भएका छन् । सामान ल्याउन मिल्नेगरी नाका खुला गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिनुभयो । सामान ओसारपसारमा संलग्न चालक, कामदार तथा कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण जाँच गरेर मात्रै आवतजावत गर्न दिने पनि उहाँले बताउनुभयो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधबार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो । चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर रोकिएको दुई महिनाभन्दा बढी भयो । 



काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,कोभिड १९ को सम्भावित जोखिम कम गर्न सरकारले घोषणा गरेको लकडाउन पूर्ण रूपमा कार्यान्वयनमा नआएको भन्दै प्रहरीले जाँचमा कडाइ गरेको छ । लकडाउन घोषणा भएको कुरालाई पनि ख्यालनै नगरी भित्री सडकहरुमा अत्यावश्यकबाहेकका मानिसको आवतजावत नरोकिएपछि प्रहरीले कडाइ गर्ने नीति लिएकोछ । गत मङ्गलबारदेखि एक हप्ताका लागि लकडाउनको घोषणा गरे पनि प्रहरीले सुरुवाती दिनमा सडकमा निस्कनेहरूलाई सम्झाइबुझाई गर्ने गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले लकडाउन अवज्ञा गर्नेविरुद्ध कडा कारबाही सुरु गरेको सीआईएनलाई जानकारी दिनुभयो । विशेष टोली नै परिचालन गरी मुख्य सडक तथा भित्री गल्लीमा समेत निस्केकालाई तत्काल पक्राउ गर्न आदेश दिइएको उहाँले बताउनुभयो । परिसरमातहतका १४ वटै वृत्तको टोली परिचालन गरिएको र हेटक्वार्टरबाटसमेत थप मद्दत मागिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.