Websoft University
Latest Post


मोरङ चैत १९ गते । रातो तारा डट कम,
केराबारी गाउँपालिका सिंहदेवी /युवराज ठकुरी -उत्तरी मोरङ केराबारी गाउँपालिका-२सिंहदेवीमा २०६३सालमा स्थापित

महाभारत बचत तथा ऋण सहकारी सस्थाले चैत २०गते ६०औं राष्ट्रिय सहकारी दिवस विविध रचनात्मक कार्यक्रम गरि भव्यरुमा मनाउने भएको छ।

संस्थामा आबद्ध सेयर सदस्यहरुलाई सहभागी गराएर रचनात्मक कार्यक्रम गरि मनाउने संस्थाका अध्यक्ष डिल्लीराम शर्मा अधिकारीले बताए।

 उत्तरी मोरङमै उत्कृष्ट सहकारीका रूपमा पुरस्कार प्राप्त गरिसकेको महभारतले वर्षै पिच्छे यस प्रकारका कार्यक्रम गर्दै आएको छ।

यस वर्षको सहकारी दिवसमा सेयर सदस्यका लागि चेस प्रतियोगिता,छेलो हान्ने प्रतियोगिता र दौड प्रतियोगिता त्यसै गरि बाल बचतकर्ता सदस्य ८वर्ष मुनिका लागि दौड प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको संस्थाका व्यवस्थापक मनोज अधिकारीले बताए।


बिराटनगर,चैत १९ गते। रातो तारा डट कम,
नेपाली नेता इमानदार भए भने र चिनियाँ योजनाले मूर्त रुप लिने हो भने अबको दुई वर्षमै नेपालीले काठमाडौँबाट लुम्बिनीको यात्रा सुपर फास्ट चाइनिज रेलबाट गर्न पाउने भएका छन्।

चीनले तिब्बतको ल्हासाबाट २५० किलोमिटर पर सिगात्सेसम्म ल्याइसकेको रेल्वे ट्रयाकलाई सन् २०२० सम्ममा नेपालको उत्तरी सीमा केरुङ पुर्‍याउने योजना बनाएको छ।

केरुङबाट काठमाडौँ र त्यहाँबाट लुम्बिनी रेलमार्ग त्यसपछि मात्रै बन्ने अनुमानविपरीत काठमाडौँबाट लुम्बिनी रेलमार्गलाई पहिल्यै तयार पारी काठमाडौँ-केरुङ रेलमार्ग त्यसपछि मात्रै बनाउने गरी २०२० पछि तिब्बतबाट लुम्बिनी सीधै रेलबाट जोड्ने योजना बनेको हो।

केरुङ त्यही नाका हो जहाँबाट नेपालले भारतीय सीमा नाकाहरु बन्द रहँदा अनुदानको पेट्रोल आयात गरेको थियो।
आज हाम्रा नेपाली दाजुभाइ लाई थाहाछ। हामीलाई भारतको
टयाकटर जस्तो रेल चाहिएको छैन ।



काठमाडौं,चैत १९ गते। रातो तारा डट कम,
बीमा समितिले अन्ततः बीमा कम्पनीहरुको लागि नयाँ चुक्ता पुँजीको मापदण्ड तोकेको छ । समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी ४ गुणाले बढाएको हो ।

नयाँ मापदण्ड अनुसार अव जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनु पर्ने छ ।

हिजो सबै बीमा कम्पनीलाई परिपत्र गरेर बीमा समितिले चुक्ता पुँजी वृद्धिको निर्देशन दिएको हो । कम्पनीहरुले २०७५ असार मसान्तसम्ममा नयाँ मापदण्ड अनुसार पुँजी पुर्याइसक्नु पर्छ ।

यसअघि जीवन बीमा कम्पनीको लागि ५० करोड र निर्जीवन बीमा कम्पनीको लागि २५ करोड चुक्ता पुँजी हुनुपर्ने प्रावधान थियो ।

नयाँ प्रावधानसँगै जीवन बीमा कम्पनीहरुमा सूर्या लाइफ, प्राइम लाइफ, एशियन लाइफ र गुराँस लाइफले पुँजी वृद्धि गर्नु पर्ने भएको छ । अन्य जीवन बीमा कम्पनीको भने चुक्ता पुँजी नयाँ मापदण्ड अनुसार पनि पुगिसकेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीमा भने सबैले पुँजी वृद्धि गरिसक्नु पर्ने भएको
हो ।

बीमा समितिमा नयाँ अध्यक्षको रुपमा आएका चिरञ्जीवि चापागाई चुक्ता पुँजीको नयाँ मापदण्ड दिएर थप बीमा कम्पनीको लागि अनुमति खुला गर्ने रणनीतिमा थिए ।

यसअघि बीमा ऐनमा जीवन बीमा कम्पनीको लागि ५ अर्ब र नीर्जीवन बीमा कम्पनीको लागि ४ अर्बको चुक्ता पुँजीको प्रस्ताव गरिएको खबरहरु आएका थिए ।

तर ऐनमा नै यो व्यवस्था गर्दा पछि पुँजी वृद्धिको निर्देशन दिन परेमा तत्काल ऐन सच्याई रहन सम्भव नहुने बताएर समितिले नै नयाँ चुक्ता पुंजी तोक्ने तयारी गरिएको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.