Websoft University

नेपालीनेता इमानदार भए दुई वर्षमै सुपर फास्ट चाइनिज रेलबाट नेपालीहरूले यात्रा गर्न पाउने


बिराटनगर,चैत १९ गते। रातो तारा डट कम,
नेपाली नेता इमानदार भए भने र चिनियाँ योजनाले मूर्त रुप लिने हो भने अबको दुई वर्षमै नेपालीले काठमाडौँबाट लुम्बिनीको यात्रा सुपर फास्ट चाइनिज रेलबाट गर्न पाउने भएका छन्।

चीनले तिब्बतको ल्हासाबाट २५० किलोमिटर पर सिगात्सेसम्म ल्याइसकेको रेल्वे ट्रयाकलाई सन् २०२० सम्ममा नेपालको उत्तरी सीमा केरुङ पुर्‍याउने योजना बनाएको छ।

केरुङबाट काठमाडौँ र त्यहाँबाट लुम्बिनी रेलमार्ग त्यसपछि मात्रै बन्ने अनुमानविपरीत काठमाडौँबाट लुम्बिनी रेलमार्गलाई पहिल्यै तयार पारी काठमाडौँ-केरुङ रेलमार्ग त्यसपछि मात्रै बनाउने गरी २०२० पछि तिब्बतबाट लुम्बिनी सीधै रेलबाट जोड्ने योजना बनेको हो।

केरुङ त्यही नाका हो जहाँबाट नेपालले भारतीय सीमा नाकाहरु बन्द रहँदा अनुदानको पेट्रोल आयात गरेको थियो।
आज हाम्रा नेपाली दाजुभाइ लाई थाहाछ। हामीलाई भारतको
टयाकटर जस्तो रेल चाहिएको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.