Websoft University

बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी ४ गुणाले बढायो



काठमाडौं,चैत १९ गते। रातो तारा डट कम,
बीमा समितिले अन्ततः बीमा कम्पनीहरुको लागि नयाँ चुक्ता पुँजीको मापदण्ड तोकेको छ । समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी ४ गुणाले बढाएको हो ।

नयाँ मापदण्ड अनुसार अव जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनु पर्ने छ ।

हिजो सबै बीमा कम्पनीलाई परिपत्र गरेर बीमा समितिले चुक्ता पुँजी वृद्धिको निर्देशन दिएको हो । कम्पनीहरुले २०७५ असार मसान्तसम्ममा नयाँ मापदण्ड अनुसार पुँजी पुर्याइसक्नु पर्छ ।

यसअघि जीवन बीमा कम्पनीको लागि ५० करोड र निर्जीवन बीमा कम्पनीको लागि २५ करोड चुक्ता पुँजी हुनुपर्ने प्रावधान थियो ।

नयाँ प्रावधानसँगै जीवन बीमा कम्पनीहरुमा सूर्या लाइफ, प्राइम लाइफ, एशियन लाइफ र गुराँस लाइफले पुँजी वृद्धि गर्नु पर्ने भएको छ । अन्य जीवन बीमा कम्पनीको भने चुक्ता पुँजी नयाँ मापदण्ड अनुसार पनि पुगिसकेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीमा भने सबैले पुँजी वृद्धि गरिसक्नु पर्ने भएको
हो ।

बीमा समितिमा नयाँ अध्यक्षको रुपमा आएका चिरञ्जीवि चापागाई चुक्ता पुँजीको नयाँ मापदण्ड दिएर थप बीमा कम्पनीको लागि अनुमति खुला गर्ने रणनीतिमा थिए ।

यसअघि बीमा ऐनमा जीवन बीमा कम्पनीको लागि ५ अर्ब र नीर्जीवन बीमा कम्पनीको लागि ४ अर्बको चुक्ता पुँजीको प्रस्ताव गरिएको खबरहरु आएका थिए ।

तर ऐनमा नै यो व्यवस्था गर्दा पछि पुँजी वृद्धिको निर्देशन दिन परेमा तत्काल ऐन सच्याई रहन सम्भव नहुने बताएर समितिले नै नयाँ चुक्ता पुंजी तोक्ने तयारी गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.