Websoft University
Latest Post



काठमाडौं, फागुन १८ गते । रातो तारा डट कम-
त्रिभुवन विश्व विद्यालय अन्तरगतका झण्डै दुई सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव हुँदैछ ।
तर, ठूला क्याम्पसहरुमा भने चुनाव नहुने भएको छ ।
विद्यार्थी संगठनहरुको आन्तरिक विवाद लगायतका कारण धेरै क्याम्पसमा ताला लागेको छ ।

२४ आंगिकसहित करिव २०० क्याम्पसमा चुनाव हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । आज बुधबार पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पसमा चुनाव हुँदैछ । यस्तै कोटेश्वर क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, आईओएम, नर्सिङ क्याम्पसका साथै एड्भान्स इन्जिनियरिङ क्याम्पसमा पनि चुनाव हुँदैछ ।

थापाथलीमा मतदान सुरु भइससकेको छ । अन्यत्र पनि मतदानको तयारी भइरहेको छ । तर, आरआर, त्रिचन्द्र, अस्कल, पाटनसहितका ठूला क्याम्पसहरुमा भने चुनाव हुँदैछैन । धेरै क्याम्पसमा विद्यार्थी संगठनहरुले नै ताला लगाएका छन् ।

सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पीएन क्याम्पसमा पनि चुनाव रोकिएको छ । अनलाइन बाट



काठमाडौं, फागुन १८ गते। रातो तारा डट कम,
अन्तरराष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्नचार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीले हिजो मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो ।

सीआइबीका अनुसार उनीहरु ५५ दिनअघि बरामद साढे ३३ किलो सुन तस्करीमा संलग्न थिए । पक्राउ परेका मध्ये केहीले भारतमा सुन पठाउने र केहीले नेपालकै सुन पसलमा बेच्दै आएका थिए । उनीहरुको अनुसन्धानबाट सुन पसलको पहिचान खुल्ने प्रहरीलाई उधृत गर्दै नयाँ पत्रिकाले लेखेको 
छ ।

यसैवीच सुन तस्करीको आरोपमा समातिएका एसएसपी श्याम खत्री पनि अहिलेसम्म सीआएबीको हिरासतमै छन् ।
nepali news bat

बिराटनगर,फाल्गुन १८ गते।रातो तारा डट कम-
प्रहरीले मोरङको विराटनगरबाट दश लाख बराबरको सुकमेल चोरी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका २२ बस्ने आस्लाम मिँया, सोहि ठाँउका फिरोज आलम र सकुल मिँया रहेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गरेको हो।

पक्राउ परेका व्यक्तिहरुले गत फाल्गुन १४ गते शनिबार राती मोरङ विराटनगर १८ स्थित सिद्दासिद्धि ईन्टरप्राइजेज र अर्यन्त मंगलम् ईन्टरप्राइजेजले श्रीयान्स ईन्टरनेशनल प्रा।लि।

को गोदाममा स्टोर गरी राखेको सुकमेल सुरक्षागार्डलाई ज्यान मार्ने धम्की दिई लुटी लगेका थिए। प्रहरीले उनीहरुको साथबाट २३ बोरा ९५७० किलोग्राम० सुकमेल समेत बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरुलाई चोरी अन्तरगत म्याद थप गरी अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.