Websoft University

दश लाख बराबरको सुकमेल चोरी गर्ने तीन पक्राउ परे

बिराटनगर,फाल्गुन १८ गते।रातो तारा डट कम-
प्रहरीले मोरङको विराटनगरबाट दश लाख बराबरको सुकमेल चोरी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका २२ बस्ने आस्लाम मिँया, सोहि ठाँउका फिरोज आलम र सकुल मिँया रहेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गरेको हो।

पक्राउ परेका व्यक्तिहरुले गत फाल्गुन १४ गते शनिबार राती मोरङ विराटनगर १८ स्थित सिद्दासिद्धि ईन्टरप्राइजेज र अर्यन्त मंगलम् ईन्टरप्राइजेजले श्रीयान्स ईन्टरनेशनल प्रा।लि।

को गोदाममा स्टोर गरी राखेको सुकमेल सुरक्षागार्डलाई ज्यान मार्ने धम्की दिई लुटी लगेका थिए। प्रहरीले उनीहरुको साथबाट २३ बोरा ९५७० किलोग्राम० सुकमेल समेत बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरुलाई चोरी अन्तरगत म्याद थप गरी अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.