Websoft University

लागू औषध सहित २ जना जना पक्राउ


विराटनगर, कार्तिक ८ गते । झापाको मेचीनगर नगरपालिका(६ मेचीपुल स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई र नियन्त्रित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कार्तिक ७ गते साँझ इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर(६ का २१ बर्षीय अशोल राजवंशी र २२ बर्षीय रिचार्ड श्रेष्ठको साथबाट २ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिएको थियो । 

यसैगरी मोरङको प्रहरी चौकी अमरदहले चेकजाँचको क्रममा कार्तिक ७ गते दिउँसो १ बजे को २१ प २८३३ नम्बरको मोटरसाईकलमा जेब्रा झोला भित्र ३० वटा प्याकेटमा प्याक गरेर ल्याउदै गरेको १५ हजार नियन्त्रित ट्याब्लेट सहित मोटरसाईकल चालक मोरङको कटहरी गाउँपालिका(१ का ३५ बर्षीय निरज राजवंशीलाई नियन्त्रणमा लिएको हो । उनको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भई रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.