Websoft University

बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा बरामद


सुनसरी, असोज १२ गते ।सुनसरीको कोशी गाउँपालिका( ७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजाप्रहरीले बरामद गरेको छ । 

चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राती २ बजेको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका ७ स्थित पुर्व पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेबारीसे अबस्थामा फेला पारी बरामद गरेको हो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजतलास भईरहेको छ ।

 यसै गरी उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा सिराहा लहान नगरपालिका(१७ की लिला देवी रामलाई ६ किलो ८४६ ग्राम र लहान( ८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम  गाँजा सहित नियन्त्रणमा लिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.