विराटनगर, ५भदौ | अखिल क्रान्तिकारी महिला संघ बुढीगंगाले अधिकारका वकालत गर्दै तीज पर्व मनाएको छ ।
टंकीसिनवारी स्थित जेसिज भवनमा सयौ महिलाहरुको सहभागीतमा क्रान्तिकारी महिला संघ बुढीगंगाले हक अधिकारको पक्षमा वकालत गर्दै तीज पर्व हर्षोल्लासका साथ मनाएको हो ।
पुष्पा भगतको अध्यक्षतमा भएको तीज बिशेष कार्यक्रममा प्रमुख अतिथि माओबादी पार्टीका केन्द्रिय सदस्य तथा मोरङ ४ (१) का प्रदेश सांसद जिवन आचार्यले महिलाहरुको हक अधिकारका लागि आफु जस्तोसुकै चुनौती मोलेर पनि साथ दिन सधै तयार रहने प्रतिबद्धता जनाए । उनले क्रान्तिकारी महिलााहरुले तीजको आवरणमा हुने अन्धविश्वासलाई त्यागदै प्रगतीशिल ढंगले मनाउनुपर्नेमा जोड दिए ।
माओबादी केन्द्रिय सदस्य तथा कोशी प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक गीता तिम्सिनाले तीज पर्वलाई अव कुण्ठाका लागि हैन आफनो हक अधिकारको संघर्षर्ला केन्द्रित गरेर मनाउनुपर्ने बताइन । उनले तीज पर्व महिलाहरुका लागि बिशेष दिन भएको तर यसलाई अन्धविश्वासको ढर्रामा सिमित राख्न हुदैनन भनिन ।
माओबादी केन्द्रिय सदस्य तथा अनेमसंघ क्रान्तिकारी केन्द्रिय सचिव विनिता घिमिरेले पहिले महिलाहरुले आफुहरुले सहन गर्नुपर्ने ज्यादती वताउन पनि एक बर्ष पर्खेर माइत जानुपर्ने बाध्यता रहेको सुनाउदै तर अब महिलाहरुले घरभित्र र वाहिर हुने कुनैपनि उत्पिडन सहनुहुदैन भनिन ।
अखिल कान्तिकारी महिला संघ कोशी अध्यक्ष लता न्यौपानेले महिलाहरु अझै पितृसत्ताको मारमा परिरहेकोले त्यसविरुछद्ध एक भएर संघर्ष गर्नुपर्ने बताइन । माओबादी केन्द्र कोशीकी सचिव कुमारी राईले महिलाहरुलाई दासी मान्ने चलनको अन्त भैसकेकोले अब आफुले पनि खुलेर संघर्ष गर्दै आफनो अधिकार लिन आग्रह गरिन ।
तीज विशेष कार्यक्रमा माओबादी केन्द् मोरङका संयोजक विजय विश्वास , प्रेदश सदस्य तथा मजदुर नेता उपेन्द्र राय , महिला नेतृ गरिमा भट्टराई सहित पार्टीका प्रदेश र जिल्लाका सल्लाहकारहरु , विद्यार्थी अगुवाहरुको सहभागीता थियो । कार्यक्रमको सञ्चालन महिला क्रान्तिकारी बुढीगगाकी सचिव कल्पना थापा भण्ण्डारीले गरेकी थिइन ।
कार्यक्रममा सहभागी सयौ आमा दिदी बहिनीहरुले नाचगान गदैृ तीजको अवसरमा जलपान गर्दै शुभकामना अदानप्रदान गरेका थिए ।
Post a Comment