Websoft University

मेरिल्याण्डको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स प्रथम


विराटनगर असार ३०  गते ।  विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स पौडेल प्रथम भएका छन् ।

‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा आयोजित प्रतियोगितामा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै पौडेल प्रथम भएका हुन् ।

प्रतियोगितामा स्याक्रिन सुवेदी दोस्रो हुँदा प्रफुल मेहता तृतीय भए । प्रतियोगितामा वसुन्धरा मण्डलले प्रोत्साहन पुरस्कार प्राप्त गरिन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र प्राध्यापक नरेश पौडेलको निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । 

सम्बोधन, विषयवस्तुप्रतिको ज्ञान, प्रस्तुति, शारीरिक हाउभाउ, भाषाशैली, मौलिकतालगायतलाई आधार मानेर निर्णय गरिएको प्रमुख निर्णायक मीनकुमार नवोदितले जानकारी दिए ।

पुरस्कृतहरुलाई कलेजका अध्यक्ष गुणराज ढुंगेल, प्राचार्य लक्ष्मण ढकाल, कलेजका सञ्चालक प्रा.डा. पिके झा, भेषराज पोखरेल, पेशल पोखरेल, प्रदीप भगत, निर्णायक नवोदितलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । 

विद्यार्थीभित्र रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्राचार्य ढकालले जानकारी दिए । कलेजले अध्ययन सँगसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.