Websoft University

इस्कोन मन्दिरले बिराटनगरमा श्रीकृष्णजन्माष्टमी कार्यक्रमको तयारी सुरू


बिराटनगर साउन २५ गते | इस्कोन मन्दिरले बिराटनगरमा श्रीकृष्णजन्माष्टमी कार्यक्रमको तयारी सुरू छन् । भगवान् श्रीकृष्णको अविर्भाव दिवसको रूपमा सनातन वेदिक मन्दिरे आइपुग्ने जन्माष्टमी पर्व भव्य रूपमा मनाउने तयारी भइरहेको आज पत्रकार सम्मेलन  मार्फत बताएको हो । 

अन्तर्राष्ट्रिय कृष्ण भावना :- संघ (International Society for Krishna Consciousness ISKCON) ले हरेक वर्ष यो दिवस भव्यतापूर्वक मनाउँदै आएको जनाएको छ । 

जैन भवन विराटनगरमा श्रावण ३१ गते बिहान ११ बजे देखि हुने कार्यक्रम  १ बजे समाप्त हुनेछ । कार्यक्रममा महाभिषेक, कीर्तन, महायज्ञ, कृष्णलीला तथा विविध सांस्कृतिक कार्यक्रम हुनेछन्।

अतिथि र सहभागिता इस्कोन नेपालका वरिष्ठ आध्यात्मिक गुरु तथा भक्तिवेदान्त गुरुकुलका अध्यक्ष, नेपालको विभिन्न अञ्चलका राष्ट्रिय कीर्तन समूह सहित भारत, नेपालका सहित देशका भिन्न तथा दूरदराज भक्त सहित २०,००० भन्दा बढी सनातन हिन्दूधर्मावलम्बी भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ ।

साथै कार्यक्रममा प्रमुख अतिथि रुपमा कोशी प्रदेश सभामुख माननीय प्रदेश प्रमुख श्री परशुराम खापुङ हुनुहुनेछ भने माननीय सभामुख अम्बर बहादुर राई सहित विविध राजनीतिक र प्रशासनिक व्यक्तित्वहरूको उपस्थिति रहनेछ । साथै कार्यक्रम विराटनगरमा नेपालको विभिन्न सांस्कृतिक नृत्य तथा नेपाली लोक र धार्मिक गीत आयोजन गर्न लागिएको छ । ऐतिहासिक महोत्सवमा उपस्थितिप्रति भगवान श्रीकृष्णलाई दीप अर्पण, अभिषेक तथा पूजा समेत सञ्चालन हुनेछ ।

सांस्कृतिक कार्यक्रम :- इस्कोन विद्यालयका विद्यार्थीबाट विशेष प्रस्तुति साथै अन्तर विद्यालय सांस्कृतिक कार्यक्रम, मूकुन्द फोटा कार्यक्रम र विभिन्न कार्यक्रम हुने समेत जनाइएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.