विराटनगर साउन २४ गते । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल तथा कलेजमा जारी संयुक्त राष्ट्रसंघको नमुना महासभा विश्वका साझा मुद्दामा सहकार्य गर्ने सहमति कायम गर्दै सम्पन्न भएको छ । गत बुधबारदेखि सुरु भएको नमुना महासभा शुक्रबार बेलुका पत्रकार सम्मेलन गर्दै समापन भएको हो ।
जहाँ विभिन्न देशका प्रतिनिधिहरुलाई विभिन्न देशका पत्रकारहरुले प्रश्न गरेका थिए । प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघ महासभा’को नाममा विद्यार्थीहरुले तीन दिवसीय अभ्यास गरेका हुन् ।
जहाँ पहिलो दिन महासभाका नियमहरूको विषयमा अभिमुखीकरण तथा प्रशिक्षण भएको थियो । दोस्रो दिन विभिन्न विषयमा गहन बहस र कार्यपत्र तथा स्थिति पत्रहरूको मस्यौदा तयार पारिएको थियो । तेस्रो दिन प्रतिनिधिहरूले संयुक्त राष्ट्र(शैलीका प्रस्तावहरू तयार पार्दै समापन गरिएको हो । नमुना महासभाको समापन पछि अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन गर्दै प्रश्नोत्तर गरिएको थियो ।
ग्लोबल हेल्प फाउन्डेसनसँगको सहकार्यमा सम्पन्न नमुना महासभामा कक्षा ८ देखि १२ सम्मका २ सय विद्यार्थीले विभिन्न देशका प्रतिनिधिको रूपमा भाग लिएका थिए ।
विभिन्न ६ वटा सांकेतिक समितिमा विभाजन गरेर विद्यार्थीहरुलाई महासभाको अभ्यास गराइएको हो । संयुक्त राष्ट्रसंघको साधारण सभा, मानवअधिकार परिषद्, विश्व स्वास्थ्य संगठन, वातावरण कार्यक्रम, सार्क र अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिई अभ्यास गराइएको छ ।
समितिहरूमा बसेर विद्यार्थीहरुले निशस्त्रीकरण, मानवअधिकार, कोभिड– १९ पछिको मानसिक स्वास्थ्य, दिगो कृषि, विपद् तयारी र पत्रकारिताको अभ्यास जस्ता विषयमा अध्ययन र बहस गरे ।
छोटो समयमा आफूले प्रतिनिधित्व गरेको मुलुकको विषयमा अध्ययन गरेर त्यहाँका विश्वव्यापी मुद्दाको उठान तथा समाधानका लागि तर्क गर्दै नमुना महासभामा विद्यार्थीहरुले कौशलता प्रकट गरे ।
कार्यक्रमले थप जिज्ञासु, अध्ययनशिल बन्न प्रेरित गरेको तथा अन्तर्राष्ट्रिय नीति तथा कुटनीतिक सम्बन्धहरु सिक्ने अवसर प्राप्त भएको विद्यार्थी अनिरुद्र सेढाईंले बताउनुभयो । अर्का विद्यार्थी इशल भट्टराईले यो कार्यक्रमले विश्वलाई नै बुझ्नसहयोगगरेको बताउनुभयो ।
समापनका दौरान विभिन्न समितिमा रहेर उत्कृष्ट प्रस्तुति गर्नेहरुलाई सम्मानपत्र र प्रमाणपत्रले सम्मान गरिएको थियो । समापन समारोहमा बोल्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले यस महासभाको अभ्यासले विद्यार्थीहरुलाई विश्व बुझ्न सहयोग गरेको मात्र नभई क्षमता समेत विकास भएको विश्वास ब्यक्त गर्नुभयो । उहाँले एभरेष्ट यस्ता गतिविधिहरुलाई समेत उत्तिकै प्राथमिकतामा राखेको भन्दै चाँडै नेपाल सहित विभिन्न देशका प्रतिनिधी सभाहरूको समेत अभ्यास गराइने बताउनुभयो ।
ग्लोबल हेल्प फाउन्डेसनका निर्देशक प्रकाश खड्काले एभरेष्टमा भएको नमुना महासभा कोशी प्रदेशकै भब्य रुपमा सम्पन्न भएको बताउनुभयो । उहाँले एभरेष्ट स्कुलले बनाइदिएको प्लेटफर्मबाट विद्यार्थीहरुले धेरै नै ज्ञानहासिल गरेकोविश्वास समेत ब्यक्त गर्नुभयो । कार्यक्रममा एभरेष्टका ‘भाइस प्रिन्सिपल’ द्वय टिएन भण्डारी, कुन्दन पुरी, ग्लोबल हेल्प फाउन्डेसनका महासचिव कुँवर दीपंकरलगायतको सहभागिता थियो ।
Post a Comment