विराटनगर बैशाख १९ गते । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन हिजो र आज सन्चालन गरि सम्मेलनबाट १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरको परियोजनामा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेर सम्पन्न भयो ।
प्रदेश सरकारले शोकेस गरेका कुल योजनाको करिब ७८,७ प्रतिशत लक्ष्य प्राप्ति हो। सम्मेलनमा प्रदेश सरकारले विभिन्न ८ क्षेत्रका १ खर्ब ७३ अर्ब ४९ करोडका ७२ योजना शोकेस गरेको उलेख गरेको थियो |
बैशाख १९ गते आज भएको एमओयूमा कोदोकको लोकल रक्सी ब्राण्डदेखि पाउ वे सम्मका योजना छन्। १ करोडदेखि अधिकतम ३२ अर्ब सम्मका योजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ।
मुख्यमन्त्री हिकमत कुमार कार्कीको उपस्थितिमा सम्पन्न समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा। सरोज कोइराला र विभिन्न लगानीकर्ताबीच एमओयूमा हस्ताक्षर गरिएको हो। प्रदेश लगानी प्राधिकरणका अनुसार कुल ४६ वटा परियोजनामा सम्झौता भएको छ, जसमा निजी क्षेत्रका १९ र सार्वजनिक(निजी साझेदारी ९पीपीपी० का २७ परियोजना छन्।
समापन समारोहमा मुख्यमन्त्री कार्कीले सम्मेलनलाई ऐतिहासिक र सफल बताउँदै अबको प्राथमिकता लगानी कार्यान्वयनमा केन्द्रित हुने बताए।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमन भण्डारीले सरकार कानुनी सुधार गर्दै लगानीमैत्री वातावरण निर्माणतर्फ बढी बढेको जानकारी दिए।
पूर्वमुख्यमन्त्री केदार कार्कीले कानुन संशोधन गाह्रो नभएको र राजनीतिक इच्छाशक्ति भए तुरुन्त संशोधन सम्भव हुने बताए।
प्रदेश सभाका सभामुख अमरबहादुर बिष्ट, भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री उपेन्द्र राई, चिनियाँ लगानीकर्ता लियाङ झुडस गैरआवासी नेपाली लगानीकर्ता रेजिना राई प्रधान र अन्यले कोशी प्रदेशमा लगानीका राम्रो सम्भावना रहेको भन्दै सबैले सकारात्मक प्रतिक्रिया दिएका थिए |
Post a Comment