Websoft University


विराटनगर | विराटनगरलाई डुबानमुक्त बनाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले नाला र पैनी तथा ढल सफाईलाई तीव्रता दिएको छ ।

विगतमा समयमै नाला, पैनी र ढल सफा नगर्दा सामान्य वर्षामै सडक जलमग्न हुने गरेको थियो । तर हिउँदै नाला सफा गरेका कारण गत वर्षको वर्षामा समेत कम डुबान भएको महानगरको दाबी छ । सफाइको मेयर नागेश कोइराला आफैं उपस्थित भएरअनुगमन गर्दै आउनुभएको छ । प्रदेश संसद भवन अगाडिबाटसुरु गरिएको ढलको सफाइ विभिन्न वडामा जारी छ । त्यस्तै मेयर कोइरालाले बिहीबार विराटनगर–६ स्थित केशलिया रोडको नालाको सफाइको अनुगमन गर्नुभयो ।

वडाध्यक्ष हरिश्चन्द सहनी (अक्षेय) र भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापालाई सँगै लिएर पुग्नुभएका मेयर कोइरालाले नाला मात्रै नभएर पानी क्रस हुने होमपाइप र कल्भर्टसमेत सफा गर्न निर्देशन दिनुभएको थियो । मेयर कोइरालाले स्थानीयले प्लाष्टिक, बोतल, बोरा, कार्टुनलगायतका सामान नालामा विर्सजन गर्दा सफाइमा समस्या भएको बताउनुभयो । 

उहाँले पानी सहज निकासका लागि नालामा फोहोर नफ्याल्न सबैलाई आग्रहसमेत गर्नुभयो । समयमै सफा नगर्दा नालाको पानी सडकमा आउँदा डुबान हुने गरेको छ । महानगरवासीलाई डुबान समस्याबाट मुक्त गर्ने प्रयास गरिरहेको उहाँको भनाइ थियो । सफाइका क्रममा पानीको बोतल, प्लाष्टिक, पुरानो जुत्ता, चप्पल, बियर र रक्सीका बोतल अत्यधिक भेटिएको महानगरको सरसफाई शाखाका किरण न्यौपानेले जानकारी दिनुभयो ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.